काभ्रे ।
काभ्रेमा आज ५० जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा आज ३५ जना निको भएका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या ४७८ जना रहेको छ ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार २९७ पुगेको छ । संक्रमित मध्ये १ हजार ८०१ जना निको भएका छन् । जिल्लामा ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ३३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार आज थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ११, बनेपाका २६, पनौतीका ४, पाँचखालका ५, रोशीका २ र मण्डनदेउपुरका २ जना रहेका छन् । अब जिल्लामा ४६३ जना सक्रिय संक्रमित रहेको पनि उनले जानकारी दिए ।

यस्तै काठमाडौं उपत्यकामा आज १ हजार २२९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १३५ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ८० हजार ७२६ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार २६५ जना कोरोना संक्रमित छन् । ललितपुरमा ११ हजार ७७४ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ९९ हजार ७६५ पुगेको छ ।
यसैगरि नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ । आज २ हजार १०३ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २७६ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ८५८ छ ।
आजको पिसिआर परीक्षण ९ हजार ८०५ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ३३ हजार ५५९ रहेको छ । आज २८ हजार १०६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।





























प्रतिक्रिया