भक्तपुरमा २७ जनाद्वारा रक्तदान

भक्तपुरमा २७ जनाद्वारा रक्तदान

केन्द्रबिन्दु
0
Shares

भक्तपुर l

बडादशैँका बेलामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाले आयोजना गरेको रक्तदानमा २७ जनाले रक्तदान गरेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं ७ रातोपाटीमा आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पहिलो रक्तदातालाई ब्लड ब्याग प्रदान गरी कार्यक्रम आरम्भ गरेका थिए । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोग र गुण्डू उपशाखाको व्यवस्थापनमा रक्तदान सम्पन्न भएको नेपाल रेडक्रस गुण्डू उपशाखाका सभापति रामकुमार बस्नेतले जानकारी दिए ।

उपशाखाले रगत अभाव हुन नदिन विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । गत बुधबार पनि उपशाखाले सूर्यविनायक नगरपालिका वडा नं ७ पुरानो बसपार्कमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम गरेको थियो । यससँगै शाखाले विभिन्न समयमा विपद् परेका व्यक्तिलाई राहत प्रदान गर्नेदेखि अन्य सामाजिक कार्य गर्दै आएको छ ।

Logo