नेपालमा आज १३० जना संक्रमित थपिए

नेपालमा आज १३० जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । आज १३० जना थपिएका छन् । यस्तै आज निको हुनेको संख्या १९४ भएसँगै निको हुनेको कूल संख्या २ लाख ६८ हजार २६६ पुगेको छ ।  

आज ७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ ।  

आज सक्रिय संक्रमितको संख्या १ हजार ७४४ रहेको छ । आजसम्म २० लाख ९६ हजार ७५० जनाको पिसिआर परीक्षण गरिएको छ । आज काठमाडौं उपत्यकामा ५८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

Logo