काभ्रेमा आज ३० जना नयाँ संक्रमित थपिए

काभ्रेमा आज ३० जना नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेमा आज ३० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै अब जिल्लामा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ५११ पुगेको छ ।

जिल्लामा गत शनिबार यो संख्या ५ जनामा सिमीत रहेको थियो । आइतबार पुनः बढेर ३३ जना संक्रमित थपिएका थिए। सोमबार ४१ जना नयाँ थपिएका थिए भने मंगलबार ३१ जना थपिए । यस्तै बुधबार पनि ३१ जना थपिएका थिए । यसरी हेर्दा जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढेको पाइन्छ ।

संक्रमित मध्ये ९४० जना निको भएका छन् । आज २५ जना निको भएका हुन् । जिल्लामा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ८ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये बनेपामा १८ जना, पनौतीका ७ जना, र धुलिखेलका ४, मण्डनदेउपुरका ६, पाँचखालका ५, बेथानचोकका १ र पाँचखालका १ जना रहेका छन् । आज बनेपाका एक ७८ वर्षिया महिलाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा आज १ हजार १०१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा ८ सय २३ जना, भक्तपुरमा १०२ र ललितपुरमा १७६ नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ५५ हजार ३६, ललितपुरमा ७ हजार ७२७ र भक्तपुरमा ५ हजार २०३ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ६७ हजार ९६६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । आज २ हजार २२५ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ८४६ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ । आज मात्र १३ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १३ हजार ८४६ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १३ लाख ८० हजार ८६२ रहेको छ । आज ४६ हजार ५७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Logo