काभ्रेमा आज सम्मकै उच्च संक्रमित : एकैदिन ११० जना थपिए, एक जनाको मृत्यु

काभ्रेमा आज सम्मकै उच्च संक्रमित : एकैदिन ११० जना थपिए, एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेमा आज ११० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै अब जिल्लामा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ४८१ पुगेको छ ।

जिल्लामा गत शुक्रबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएका थिए । शनिबार यो संख्या ५ जनामा सिमीत रहेको थियो । आइतबार पुनः बढेर ३३ जना संक्रमित थपिएका थिए। सोमबार ४१ जना नयाँ थपिएका थिए भने मंगलबार ३१ जना थपिए । यस्तै बुधबार पनि ३१ जना थपिएका थिए । यसरी हेर्दा जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढेको पाइन्छ ।

संक्रमित मध्ये ९१५ जना निको भएका छन् । आज २८ जना निको भएका हुन् । जिल्लामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ८ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये बनेपामा ५४ जना, पनौतीका ८ जना, र नमोबुद्धका ६ जना, धुलिखेलका २६, मण्डनदेउपुरका ६, पाँचखालका ५, बेथानचोकका १, चौरीदेउरालीका १, रोशीका २ र खानीखोलाका १ जना रहेका छन् । आज बनेपाका एक ५६ वर्षिय पुरुषको मृत्यु भएको छ ।

Skip This
Logo