काठमाडौं।
काठमाडौं उपत्यकामा आज २ हजार ४०२ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार ७८४ , भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना थपिएका हुन् ।
यससँगै, काठमाडौंमा ४१ हजार ८१२, ललितपुरमा ५ हजार ९२९ र भक्तपुरमा ४ हजार १९९ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ५१ हजार ९४१ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । आज ३ हजार ७४९ जना थपिएका छन् ।
कोरोनाबाट देशभर निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ५२२ छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । आज मात्र २१ जनाको मृत्यु भएको छ ।
आजको पिसिआर परीक्षण १६ हजार ५३१ रहेको छ । आज ३७ हजार ३८२ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।





























प्रतिक्रिया