काभ्रे ।
काभ्रे जिल्लामा सोमबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार ३८ पुगेको छ ।
मंगलबार ५६ जना, बुधबार ५० जना, विहिबार २३ जना थपिएका काभ्रेमा शुक्रबार ४३ जना थपिएका थिए । शनिबार १८ जना थपिएका काभ्रेमा आइतबार ४३ जना र आज ३७ जना थपिएका हुन् ।
जसमध्ये ६०९ जना निको भएका छन् । जिल्लामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ५ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ९ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ५ जना, बनेपाका १५, पनौतीका ३, रोशीका १ , नमोबुद्धका १० र मण्डनदेउपूरका ३ जना रहेका छन् ।






























प्रतिक्रिया