काठमाडौं ।
नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । आज ३ हजार ४३९ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको हो ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । आज मात्र १५ जनाको मृत्यु भएको छ । मंगलबार ९ जनाको मृत्यु भएको थियो ।
नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । आज ३ हजार ४३९ जना थपिएका छन् । मंगलबार १ हजार ५५१ जना थपिएका थिए ।
कोरोनाबाट देशभर निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । आज निको हुनेको संख्या १ हजार १२६ छ । मंगलबार निको हुनेको संख्या २ हजार ३४० थियो ।
आजको पिसिआर परीक्षण १४ हजार २०९ रहेको छ ।
काठमाडौं उपत्यकामा आज १ हजार ६८४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार २९६ , भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा २७ हजार ३०४, ललितपुरमा ३ हजार ६४४ र भक्तपुरमा २ हजार ८०१ संक्रमित पुगे । अब काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ३३ हजार ७४९ पुगेको छ ।





























प्रतिक्रिया