चितवनमा कोरोना सङ्क्रमित ७० वर्षिय पुरुषको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित ७० वर्षिय पुरुषको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन ।

चितवनमा कोभिड–१९ सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएका भरतपुर महानगरपालिका–३ का ७० वर्षीय पुरुषको सोमबार बेलुका ७ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उपचारका लागि कोभिड आइसियुमा आइपुग्दा ती पुरुष मृतावस्थामा रहेको अस्पतालले जनाएको छ । मृतकका आफन्तका अनुसार ती उनलाई ज्वरो, खोकी र श्वासप्रश्वास, मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो ।

ती पुरुष चार दिनअघि कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बस्दै आइरहेका थिए ।

Logo