काभ्रे ।
जिल्लाको धुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्युपछि कोरोना पुष्टि भएको छ । अस्पतालमा उपचार गराइरहेका महाभारत–२ गोकुलेका २८ वर्षीय युवकको बुधबार मृत्यु भएको र उनको कोरोना पोजेटिभ रिर्पोट आएको हो ।
तीन–चार दिनदेखि ज्वरो आएपछि उनलाई हेलिकप्टरबाट धुलिखेल अस्पताल ल्याइएको थियो ।
स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । अस्पतालले शव भने परिवारलाई जिम्मा लगाइसकेको छ ।परिवारले उनको पनौतीमा अन्तिम संस्कार पनि गरेको छ ।
हालसम्म काभ्रे जिल्लामा ६६० जनामा कोरोना पुष्टि भएको छ । जस मध्ये ४४५ जना निको भएका छन् । जिल्लामा १० जनाको संक्रमणबाट मृत्यु भएको मध्ये ४ जना भने अन्य जिल्लाका रहेका छन् ।





























प्रतिक्रिया