पछिल्लो २६ दिनमा नेपालमा १ लाख ६७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २६ दिनमा १ लाख ६७ हजार ५८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी माघ ६ गते १२,३३८ जना नयाँ संक्रमित थपिएका थिए। शुक्रबार थपिनेकाे संख्या २ हजार ५२६ रहेकाे छ।
दैनिक संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको हाे। यद्यपी पछिल्लाे केही दिन यता भने संक्रमितकाे संख्या घटिरहेकाे छ।
शुक्रबारकाे अपडेट
पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७३ वटा नमुना परीक्षण गर्दा २ हजार ५२६ जनामा कोरोना पोजेटिभ देखिएको हाे।
मन्त्रालयका अनुसार ६ हजार ६५५ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६०२ जनामा र ४ हजार ४१८ जनामा एन्टिजेन परीक्षण गर्दा ९२४ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको ५६ हजार ४५७ रहेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ४२५ जना डिस्चार्ज भएका छन् भने मृत्यु १६ जनाको भएको छ।
काठमाडौं उपत्यकामा ७४५ संक्रमित थपिए
काठमाडौं उपत्यकामा ७४५ जना कोराेना संक्रमित थपिएका छन् । काठमाडौंमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना संक्रमित थपिएका हुन् ।
२६ दिनमा कति थपिए?
पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे।
माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए।
माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै माघ ७ गते १०,७०३ जना थपिएका थिए। माघ ८ गते थपिनेकाे संख्या १०,२५४ रहेकाे थियाे। माघ ९ गते ६,४६२ संक्रमित थपिए भने माघ १० गते १० हजार ३१९ थपिए। यस्तै माघ ११ गते १२ हजार ८ जना थपिएका थिए। माघ १२ गते थपिनेकाे संख्या ८ हजार ४५४ थियाे। माघ १३ गते ८ हजार १७ जना थपिएका थिए।
माघ १४ गते थपिनेकाे संख्या ६ हजार ८२७ रहेकाे थियाे। माघ १५ गते ४ हजार ९०४ जना थपिए। माघ १६ गते ३ हजार ५४० संक्रमित थपिएका थिए। माघ १७ गते थपिनेकाे संख्या ५ हजार २९२ रहेकाे थियाे। माघ १८ गते ५ हजार ५८३ जना थपिए। माघ १९ गते ३ हजार ६३७ संक्रमित थपिएका थिए। माघ २० गते थपिने संक्रमितकाे संख्या ३ हजार १७५ रहेकाे थियाे। माघ २१ गते २ हजार ५२६ जना थपिए।





























प्रतिक्रिया