मौसम अनुकूल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष सतर्कता अपनाउन जोड दिएका छन्।
जलवायुजन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले सतर्कता अपनाउन जोड दिएका हुन्। अल्का अस्पतालका जेनरल फिजिशियन डा. प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गरे। उनले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीहरुलाई पनि स्वास्थ्यमा असर गर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरे।
मौसम परिवर्तनका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डायरिया हुने लगायतका समस्या देखिरहेको भन्दै उनले सचेत हुनुपर्ने बेला आएको बताए ।
डा.पाण्डेले अहिले जलवायु परिवर्तनका कारण मौसम अनुकूल नरहेको भन्दै दीर्घरोगी, बालबालिका, वृद्धवृद्धाहरुले विशेष सावधानी अपनाउनु पर्ने बताए। पछिल्लो समय काठमाडौंसहित अन्य शहरी क्षेत्रको वातावरण स्वास्थ्यवद्र्धक नरहेको विज्ञहरुले बताउँदै आएका छन् । केही समयअघि विश्वका प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट (आईक्यूएअर डटकम)का अनुसार काठमाडौंको वायु प्रदूषण खतराको बिन्दुमा पुगेको थियो।





























प्रतिक्रिया