आज गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिए

आज गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिए


कास्की ।

गण्डकी प्रदेशमा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका मध्ये प्रहरी प्रमुख (डीआईजी) पनि रहेको बताइएको छ ।

कास्कीको क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको पिसिआर परीक्षणमा ६७ जनामा कोरोना देखिएको हो ।

जस मध्ये कास्कीका २० जना, तनहुँका ७ जना, स्याङ्जाका २२ जना, नवलपरासी पूर्वका १३ जना, बागलुङका ३ र लमजुङका २ जना छन् । अब यस प्रदेशमा कूल संक्रमितकाे संख्या २५१४ पुगेकाे छ ।

Logo