थप १९ जनामा कोरोना संक्रमण पुष्टि

थप १९ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७३१ जनाको पीसीआर परीक्षणमा १४ जना र १ हजार ८३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १२४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १२१ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७८६ पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।

Logo