थप ४० जनामा कोरोना संक्रमण पुष्टि

थप ४० जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८४७ जनाको पीसीआर परीक्षणमा ३४ जना र १ हजार १६३ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जना निको भएका छन् भने हाल देशभर ३४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३४४ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन । यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३५४ पुगेको छ ।

Logo