नेपालमा एक सातामा ६१ जना संक्रमितको मृत्यु, मृत्युदर ०.५५ प्रतिशत

नेपालमा एक सातामा ६१ जना संक्रमितको मृत्यु, मृत्युदर ०.५५ प्रतिशत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २०७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ ।

पछिल्लो एक सातामा ६१ जना संक्रमितको मृत्यु भएको छ । गत आइतबार तीन, सोमबार आठ, मंगलबार सात, बुधबार ११, बिहीबार आठ, शुक्रबार १२ र शनिबार १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो एक साता यता शनिबार सबैभन्दा कम जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उपत्यकाभित्र शुक्रबार थप १ सय ८६ जनामा संक्रमण देखिएको हो ।

काठमाडौं उपत्यकामा एक सातामा थपिएका संक्रमितको संख्या
आइतबार (भदौ ७) १८६
सोमबार २२४
मंगलबार २३२
बुधबार ३०१
बिहीबार ३७७
शुक्रबार ४१५
शनिबार १८६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म देशभर २० हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये ५५ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक सातामा मात्रै देशभर २ हजार २ सय ५ जना डिस्चार्ज भएका छन् ।

Logo