नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुग्यो, आज मात्र १२ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुग्यो, आज मात्र १२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । आज १२ मात्र जनाको मृत्यु भएको छ ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ३७,३४० पुगेको छ । आज ८८४ जना थपिएका छन् । शुक्रबार ९२७ जना थपिएका थिए । विहिबार १,१११ जना थपिएका थिए।

काठमाडौं उपत्यकामा आज १८६ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १५५, भक्तपुरमा १२ र ललितपुरमा १९ जना थपिएका हुन् । शुक्रबार ४१५ जना थपिएका थिए ।

काठमाडौंमा विहिबार ३७७ जना थपिएका थिए । बुधबार पनि ३०१ जना थपिएका थिए । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ४,९९७ पुगेको छ । आज ११ हजार ५१६ पिसिआर गरिएको थियो ।

यस्तै देशभर निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ । आज ३१३ जना निको भएका छन् । शुक्रबार १६९ निको भएका थिए । विहिबार ५६९ जना निको भएका थिए ।

Logo