४५७ जनामा संक्रमण पुष्टि, थप एक जनाको मृत्यु

४५७ जनामा संक्रमण पुष्टि, थप एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लगातार दोस्रो दिन कोरोना सङ्क्रमितको मृत्यु हुँदा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या  ११ हजार ९५४ पुगेको छ ।
यही अवधिमा थप ४८ जना सङ्क्रमण मुक्त भएका छन् । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ ।
 

Logo