नरम विछ्यौना पनि स्वास्थ्यका लागि हानिकारक बन्न सक्छन्, त्यसो भए के गर्ने त ?

नरम विछ्यौना पनि स्वास्थ्यका लागि हानिकारक बन्न सक्छन्, त्यसो भए के गर्ने त ?


काठमाडौं ।

जब तपाईं दिनभरको कडा मेहनतपछि थकित रुपमा घर पुग्नुहुन्छ, त्यसबेला तपाईंलाई आरामदायी बेडहरूले आकर्षित गर्दछन् । तर तपाईंले कहिल्यै सोच्नु भएको छ कि आरामदायी ओछ्यानले पनि तपाईंलाई बिरामी बनाउन सक्छ । केहि चीजहरूलाई ध्यानमा राखेर तपाईंले आफ्नो नरम ओछ्यानलाई हाइजेनिक र स्वस्थ बनाउन सक्नुहुन्छ ।

एक अनुसन्धानका अनुसार हामी आफ्नो जीवनको एक तिहाइ समय ओछ्यानमै बिताउँछौं । यदि ओछ्यान सफा छैन भने, तपाईंलाई धेरै रोगहरूले शिकार गर्न सक्छ । धेरै प्रकारका एलर्जीहरू, जस्तै घाँटी दुखाइ, टाउको दुख्ने, दम अट्याक, चिलाउने, आँखा पोल्ने आदि जस्ता लक्षणहरू देखिएमा सतर्क हुनुपर्दछ । हुन सक्छ तपाईंको ओछ्यानले तपाईंको आराममा चोट पुर्याइरहेको छ ।

ओछ्यानमा के छ ?

मानव शरीरबाट एक हप्तामा लगभग १४ ग्राम मृत छाला निक्लन्छ, जुन ओछ्यानमा रहन्छ ।
यस बाहेक, धेरै प्रकारका ब्याक्टेरियाहरू जस्तै पसिना, धुलोको कण, सूक्ष्म ब्याक्टेरिया ओछ्यानमा हुन्छन्, जुन प्रायः देखा पर्दैन । धेरै जसो डस्ना र सिरानीहरु पोलीयुरेथेन फमले बनेका हुन्छन् जुन सूक्ष्म जीवहरू, धुलोको कण र साना कीराहरूको लागि मनपर्ने ठाउँ हो । तथ्याङ्कका अनुसार हरेक ओछ्यानमा यीनीहरूको संख्या १० लाख जति हुन्छ । यस प्रकारको फमले टोल्युइन डायसिनेट्स नामक रसायन उत्पादन गर्छ, जो सास फेर्दै शरीरमा सीधै प्रवेश गर्न सक्छ र फोक्सोको गम्भीर रोगको कारण समेत बन्न सक्छ ।

सिरानीले पनि निम्त्याउछ रोग

अनुसन्धानका अनुसार, दैनिक प्रयोग हुने सिरानीमा १० प्रतिशत तौल धुलोको कण र त्यसमा रहेको ब्याक्टेरियाको कारणले बढ्छ । टाउकोमा लगाइएको तेल अक्सर सिरानीमा टाँसिरहन्छ, जुन धेरै पटक धोएपछि पनि सफा हुँदैन र जीवाणुहरू पनि यसमा टाँसिन्छन् । बजारमा पाइने फमका सिरानीहरू स्वास्थ्यको लागि राम्रो हुँदैन । सुत्ने समयमा तिनीहरूबाट निक्लने केमिकलले एलर्जी र क्यान्सर जस्ता रोगहरू निम्त्याउँछ ।

कसरी सफा राख्ने ओछ्यान ?

नयाँ तन्ना वा सिरानीको खोललाई प्रयोग गर्नु अघि राम्रोसँग धुनुहोस् र यसलाई राम्रोसँग घाममा सुकाउनुहोस् । धुलोको कण र ब्याक्टेरियाहरू राम्रोसँग सफा गर्न तातो पानीको प्रयोग गर्नुहोस् । पानीमा कपडा धुने कीटाणुनाशक लिक्विड वा जीवाणुरोधी क्लीन्जर प्रयोग गर्नुहोस्, यसले तन्नाको गन्धसमेत हटाउनेछ ।

ओछ्यानको तन्ना र सिरानी अन्य कपडासँग नधुनुहोस् । सिंथेटिक कपडाको सट्टा, शुद्ध कटनको कभर प्रयोग गर्नुहोस् । २ दिनको अन्तरमा ओछ्यानको कभर चेन्ज गर्नुहोस् । नरम सिरानीको प्रयोग गर्नुहोस् ताकि सुत्दा घाँटी र काँधमा समस्या नआओस् ।

सिरानीलाई बीचबाट मोड्नुहोस्, यदि त्यो पुरानो आकारमा आउँदैन भने, यसलाई बदल्ने समय भएको हो । झ्यालहरू खुला राख्नुहोस् ताकि सूर्यको किरण कोठामा प्रवेश गर्न पाओस् र मोस्चराइजर र नरमपन कोठामा नरहोस् । दैनिक रूपमा कोठाको कार्पेट सफा गर्नुहोस् । यदि सम्भव छ भने, सुत्नेकोठामा कार्पेट नराख्नुहोस् ।

यदि तपाईंको घरमा घरपालुवा जनावरहरू जस्तै कुकुर, बिरालो आदि छ भने उनीहरूलाई ओछ्यान वा तपाईंको बेडरूमबाट टाढा राख्नुहोस् ।

स्वस्थ निद्राको लागि यी चीजहरूलाई ध्यानमा राख्नुहोस्

आरामदायक र ब्याक्टेरिया फ्री सफा डस्ना, सफा तन्नाले तपाईंलाई आठ घण्टा स्वस्थ निद्रा दिनेछ । पोलिस्टरबाट बनेको तन्नाहरू पेट्रो रसायनबाट बनेका हुन्छन् । ती नरम हुन सक्छन्, तर स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ । अनब्लीच्ड कटनका तन्नाहरु प्रयोग गर्नुहोस् । नो आइरन रिंकल फ्रि तन्नाको प्रयोग नगर्नुहोस्, किनभने यो फार्मल्डेहाइड तरीकाले बनाइएको हुन्छ ।

डस्ना खरीद गर्दा यी चीजहरूलाई ध्यानमा राख्नुहोस्

तपाईंको छाला ८ देखि १० घण्टासम्म डस्ना, तन्ना र सिरानीको सम्पर्कमा रहन्छ । त्यसैले यसको छनौट खाने कुरामा ध्यान राखे जस्तै ध्यानपूर्वक गर्नुहोस् ।

डस्ना अर्गानिक हुनुपर्छ । पसलेसँग निश्चित गर्नुहोस् कि डस्ना के कस्तो फमबाट बनेको छ र यसलाई बनाउन कुनै रसायन प्रयोग गरिएको छ, छैन । स्वास्थ्यलाई ध्यानमा राखेर बनाइएको चिज प्रायः महँगो हुन्छ । पैसा खर्च गर्न धेरै नसोच्नुहोस्, किनभने प्रश्न तपाईंको स्वास्थ्यको छ ।

Logo