के छ यौनजीवनमा कामसूत्रको महत्व ? (भिडियोसहित)

के छ यौनजीवनमा कामसूत्रको महत्व ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

दम्पतीले आफ्नो यौन जीवनबाट सधै एकनासले सन्तुष्ट लिइरहेका हुँदैनन् । कुनै समय उनीहरु यौनबाट भरपुर आनन्द लिन्छन् भने कहिले लिन सक्दैनन् । यौन क्रिया एउटै हो तर यसमा दम्पतीको मुड, वातावरण, स्थान, आसन, समय सबैकुरा निर्भर गर्छ । यौन सम्पर्कका लागि सबैभन्दा प्रमुख त दम्पतीको भावनात्मक अवस्था नै हो । यदि दुवै जना यौनका लागि तत्पर छन् भने त्यसबाट उनीहरुले पर्याप्त यौन सुख प्राप्त गर्न सक्छन् ।

यौन सम्पर्कले व्यक्तिलाई शारीरिक एवं मानसिक रूपमा समेत तन्दुरुस्त राख्ने गर्छ तर कहिलेकाँही खराब जीवनशैलीले हाम्रो यौन जीवनलाई पनि असर पार्ने गर्छ । यही कारणले मानिसहरू तनाव र उदासिनताको शिकार हुने गर्छन् । त्यसो त यौन सम्बन्धका लागि स्थान र समयले पनि उत्तिकै भूमिका खेल्छ । यसमा दम्पतीले गोपनीयता अपनाउन चाहन्छन् र त्यही किसिमको स्थान छनौट गर्छन् ।

गुरु महर्षि वात्स्यायनले मानव जीवनमा यौनको आवश्यकता महसुस गर्दै ‘कामसूत्र’ को रचना गरे । ‘कामसूत्र’मा महर्षि वात्स्यायनले आयुर्वेद मात्र नभई समाजशास्त्र, अर्थशास्त्र र योगका लागि पनि यौनसम्पर्कको महत्व बुझाउने कोसिस गरेका छन् । तर अधिक व्यक्तिहरूलाई यौन सम्पर्कको कला र आसनको बारेमा समेत थाहा नहुन सक्छ । यस कारणले मानिसहरू आफ्नो यौन जीवनको पूर्ण आनन्द लिन असमर्थ हुन्छन् ।

यौन जीवनका लागि योग
योग पूर्णतया प्रकृतिको एक विज्ञान हो । योगबाटै सिंगो जीवनलाई बुझ्न सकिन्छ । योग गर्दा शरीरमा शक्ति र लचिलोपना बढ्छ । यसले शरीरसँग दिमागको जोडलाई बलियो बनाउन मद्दत गर्छ । यौन सम्पर्कले मन र शरीरको सम्पूर्ण अवस्थालाई बलियो बनाउँछ । यौन सम्पर्कको क्रममा दिमाग र शरीरका सम्पूर्ण अवस्था समावेश हुन्छ । धेरै जसो पोर्नस्टारहरूको सुझाव अनुसार, यौनसम्पर्कलाई लामो समयसम्म चलाउने सबैभन्दा राम्रो तरिका भनेको दिमागलाई नियन्त्रण गर्नु हो । योग र यौनिकतालाई एकसाथ मिसाएर अद्भुत अनुभवहरू प्राप्त गर्न सकिन्छ । योगले यौन सम्बन्धहरूलाई पनि भौतिक मात्रै नभएर आध्यात्मिक बनाउन प्रेरित गर्छ ।

यौन जीवनमा योगका फाइदाहरू
योग अभ्यासले पारस्परिक सम्बन्धलाई बलियो बनाउँछ । यससँगै यसले हाम्रो मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउँछ । यसले मानसिकता वा सन्तुष्टि बढाउँछ, जसको परिणामस्वरूप चिन्ता र तनाव कम गरी यौन जीवनलाई बलियो बनाउँछ ।

योग सुरु गर्नु अघि कहिल्यै हतार गर्नु हुदैन । केही समय शान्तिपूर्वक ध्यान गर्नुपर्छ । यस समयमा टाउको, घाँटी र मेरुदण्ड पंक्तिबद्ध राख्नु पर्छ । गहिरो सास लिएर दिमागबाट सबै चिन्ताहरू हटाउन सकिन्छ । यो क्षणमा स्थिर रहने प्रयास गर्नुपर्छ । योग पहिलो अभ्यास हो । योग सत्र सकेपछि राम्ररी आराम गरेर जीवनको सबै तनावलाई टाढा राख्न सकिन्छ ।

कामसूत्रमा योग स्थिति
१) हलासन
१. योग गर्नुपूर्व आफ्नो पीठलाई म्याटमा राख्नु पर्छ । त्यसपछि हातलाई शरीरको नजिक लैजाने र हत्केलाले जमिनमा टेक्ने ।
२. लामो सास फेर्दै खुट्टाहरूलाई माथितिर उठाउने । खुट्टाले कम्मरबाट ९० डिग्रीको कोण बनाउँछ । यसको दबाब पेटको मांसपेशीहरूमा पर्छ ।
३. खुट्टा उठाउँदा कम्मरलाई हातले समात्ने, सिधा खुट्टाहरू टाउकोतर्फ झुकाउने र टाउको पछाडि सार्ने
४. खुट्टाको औंलाले जमीनलाई छुनु पर्छ, हातहरू कम्मरबाट हटाएर र सिधा भुइँमा राख्नुपर्छ ।
५. जमीनमा समानान्तर रहनेगरी कम्मर राख्नुपर्छ । एक मिनेटको लागि यस स्थितिमा रहनु पर्छ र खुट्टालाई एक समान गतिको साथ सामान्य अवस्थामा फर्किने ।

२) उत्तानासन
१. योगको लागि चकटीमा सिधा उभिने र दुवै हात कम्मरमा राख्ने, लामो सास भित्र तानेर घुँडालाई सामान्य रुपमा खुम्च्याउनु पर्छ ।
२. कम्मर झुकाउँदै अगाडि मोड्ने र शरीर सन्तुलनमा राख्ने प्रयास गर्ने ।
३. कम्मरलाई थोरै पछाडि सार्ने र खुट्टाहरू एक अर्कासँग समानान्तर राख्ने ।
४. छाती खुट्टाको माथि हुनेछ, छातीका हड्डीहरू र पिँडुलाको बीचमा फराकिलो ठाउँ हुनेछ ।
५. फिलाको भित्रपट्टि थिच्ने र शरीरलाई सोही अवस्थामा केही बेर स्थिर राख्ने, टाउकोलाई तलतिर खुट्टामा झुकाउने ।
६. लामो सास भित्र तान्ने र कम्मरमा हात राख्ने त्यसपछि बिस्तारै उठेर सिधा बस्ने ।

यौन जीवनमा उत्तानानका फाइदाहरू
यो आसनमा महिलालाई राखेर यौन सम्पर्क गर्ने हो भने यसमा दुई गुणा फाइदा मिल्ने बताइन्छ । यो आसनमा खुट्टाहरु थोरै भए पनि फराकिलो हुनुपर्छ । यस अवस्थामा महिलासँग पुरुष हाबी भएको हुन्छ र यौन सम्पर्कभन्दा पहिले महिलाको संवेदनशील अंग वरपर विस्तारै छुनु पर्छ । यसले महिलाहरूमा थप उत्तेजना बढ्ने गर्छ ।

३. त्रिपद अधोमुख श्वानासन
यो आसन मध्यवर्तीस्तरको अष्टांग योग मुद्रा मानिन्छ । यस आसनमा दुई हात र एक खुट्टाले शरीरलाई जमिनमा अडाउने गरिन्छ । यस आसनमा एउटा खुट्टा आकाशतिर फर्काइन्छ भने बाँकी शरीर तलतिर झुकाइएको हुन्छ । यो केवल यौन सम्पर्कको क्रममा अत्यधिक योग गर्ने जोडीले मात्रै गर्न सक्छन् ।

४. सेतु बन्धन
योगीहरूले सेतु बन्धनासन वा सेतु बन्धन सर्वंगासका बारेमा समेत उल्लेख गरेका छन् । यसलाई अंग्रेजीमा ब्रिज पोज पनि भनिन्छ ।

सेतु बन्धनासनका विधिहरू
यो योगका लागि सबैभन्दा पहिले चकटीमा सुत्ने, सासको गति सामान्य राख्ने र यसपछि दुवैतर्फ साइडमा हात राख्ने त्यसपश्चात विस्तारै आफ्नो घुँडा मोड्ने र खुट्टालाई कम्मरसम्म ल्याउने । खुट्टा सिधा राख्ने र आराम गर्ने ।

यौन सम्पर्कको क्रममा सेतु बन्धनासनका फाइदाहरू
सेतू बन्धासनको नियमित योगाभ्यास गर्दा महिलाहरूले यसमा आनन्द लिन सक्छन् । यो आसन विशेष गरी उनीहरूको जोडीको लागि हो, जसको यौन जीवनमा बोरिङ धेरै भएको छ वा उनीहरू यौन सम्बन्ध राख्नै रुचि राख्दैनन् ।

५.बालसाना
बाल संस्कृत शब्द हो, जसको अर्थ बच्चा भन्ने हुन्छ । आसनको अर्थ बसाइ भन्ने हुन्छ । यसर्थ यी दुई शब्दको सामूहिक अर्थ भनेको बच्चाको जस्तो आसन हो । बालासन शरीरको हराएको ऊर्जा फिर्ता गर्न सक्ने आसन हो । जसले शरीरलाई आराम दिने गर्छ । बालासनले शरीरका मांसपेशीहरूलाई आराम दिन्छ र दुखाई कम गर्न मद्दत गर्छ । विशेषगरी कम्मर, घाँटी र काँधमा दुखाइ आउँछ, त्यस्तो बेलामा यो आसन उपयोगी हुनसक्छ ।

यौन जीवनमा बालासनका फाइदाहरू
बालासनमा यौन सम्बन्ध राख्दा साथीको खुट्टामुनि तकिया राख्न सकिन्छ । यसले खुट्टा उचाइमा हुँदा झनै फाइदा गर्ने गर्छ । यो स्थिति ती जोडीहरूका लागि राम्रो हुन्छ जसलाई शरीरको पछिल्लो भागको दुखाइ छ ।

६. भुजङ्गासन
भुजङ्गासन सूर्य नमस्कारको १२ आसनमध्ये आठौं हो । भुजङ्गासनलाई सर्पासन, कोब्रा आसन वा सर्प मुद्रा पनि भनिन्छ । यस आसनमा शरीरलाई सर्पको आकारमा राख्ने गरिन्छ । यो आसन भुइँमा सुतेर पनि गर्न सकिन्छ । यस्तो आसनमा टाउको सर्पको उठेको टाउकोको आकारमा राखिन्छ ।

भुजङ्गासनका धेरै फाइदाहरू हुन्छन् । यसले हाम्रो पछाडिको भागलाई बलियो र मेरुदण्ड लचिलो बनाउँछ । यसले हाम्रो पाचन र प्रजनन प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ । यसले मेरुदण्डको शक्ति र लचिलोपन बढाउन सक्छ । तल्लो पेटमा उपस्थित सबै अंगहरूको क्षमता वृद्धि गर्न सकिन्छ ।

यौन स्थितिमा भुजङ्गासनका फाइदा

यो आसनमा यौन सम्पर्क गर्दा छोटो अवधिमा महिलाले अर्गेज्मको अनुभव गर्न सक्छन् । साथै, यो आसनमा महिलालाई राख्दा उनीहरुको योनीको पर्दा बन्द भएको हुन्छ । यसले पनि यौन सम्पर्कमा धेरै रमाइलो अनुभव हुन्छ । यस्तो हुँदा यौनजोेडीका लागि यौन सन्तुष्टिका लागि यो फाइदाजनक हुन्छ ।

योग मानव जीवनको हरेक पक्षको सुधारका लागि उपयोगी हुन्छ । यसले मान्छेको शारीरिक र मानसिक समस्या समाधानमा समेत फाइदा गर्ने गर्छ । योगले यौन जीवनलाई सुधार गर्न पनि मद्दत गर्छ । वास्तवमा पहिलेका ऋषि र योगीहरूले जंगलको घाँस कुटेर र गुफामा बसेर, मानव जीवनको लैङ्गिक आवश्यकतालाई बुझे र यसको लागि यति धेरै महान आसनहरूको व्यवस्था गरे । आज पनि कामसूत्र जस्ता ग्रन्थहरू मानव जातिका अमूल्य सम्पदाहरू हुन् ।

Logo