एनआरएनहरूसँग भएको ज्ञान, सिप, पूँजीलाई नेपाल भित्र्याउन म सेतु बन्न सक्छुः रोजिना प्रधान राई, महिला उपाध्यक्ष,प्रत्यासी

एनआरएनहरूसँग भएको ज्ञान, सिप, पूँजीलाई नेपाल भित्र्याउन म सेतु बन्न सक्छुः रोजिना प्रधान राई, महिला उपाध्यक्ष,प्रत्यासी

केन्द्रबिन्दु
0
Shares

बेलायतकी महिला अभियन्ता तथा व्यवसायी रोजिना प्रधान राई गैरआवासीय नेपाली संघ (एनआएरएनए)को महिला उपाध्यक्ष पदको लागि चुनावी मैदानमा छिन् । काठमाडौंमा जारी ११औं महाधिवेशनमा उनले टिम महेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् । कार्तिक ३ गतेसम्म चल्ने महाधिवेशनले नेतृत्व चयन गर्नेछ । 

आफ्नो समर्पण र अनुभव सुहाउँदो जिम्मेवारीका लागि आकांक्षा राखेको उल्लेख गर्दै रोजिनाले महिलाहरुको सम्मानका साथ समान हक अधिकार र हरेक क्षेत्रमा महिला उपस्थिति गराउने प्रण गरेकी छन् । संसारभर रहेका महिलाहरुको समस्या अनुमोदन गर्न एक लाख डलरको अक्षय कोष खडा गर्ने पनि उनको वाचा छ । यसै सन्दर्भमा केन्द्रित रहेर महिला उपाध्यक्षकी प्रत्यासी रोजिनासँग केन्द्रबिन्दु डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश-

गैरआवासीय नेपाली संघको महिला उपाध्यक्ष पदमा तपाईंको उम्मेदवारी किन ? 

-मेरो महिला उपाध्यक्ष पदमै किन त भन्दा मैले गैरआवासीय नेपाली संघको लामो यात्रामा मेरै संगलग्नता र हिजोका दिनमा संघसंस्थामा मैले गरेको नेतृत्व र संघ संस्थामा गरेको कामको आधारमा पनि हजारौं महिलाहरूको भिडमा गएर प्रोत्साहन र सशक्तिकरणकाे भूमिका खेलेको छु । मेरो एउटा कामलाई हेरेर अबको दिनमा जुन आधा संसार ढाकेका महिलाहरूलाई यो गैरआवासीय नेपाली संघमा ल्याउने र पिडा भएका महिलाहरूको क्षेत्रमा अक्षयकोष स्थापना गर्ने र अन्य थुप्रै एजेन्डाहरू सोसल मिडियामा राखिसकेको छु । र त्यो एजेन्डाहरू लिएर मैले महिला उपाध्यक्ष पदमा उमेदवारी दिएको हो । 

एनआरएनएमा महिलालाई सहानुभूति होइन, समानुभूतिको खाँचो छ ।

महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिइरहँदा मुख्य समस्या के-के देख्नुभयो ?

-महिलाहरूलाईं त्यती धेरै सजिलो छैन । घरको चुलोचौका छोडेर, घर परिवार  छोडेर बाहिर निस्केर समाजमा अगाडि बढ्नलाईं सजिलो छैन । तर महिला यस्तो हुन् कि उसले एउटा अर्काे महिला अर्काे पुरूष जन्माउन सक्छिन् भने त्यो महिलाले जे पनि सक्छिन् । हरेक कुरा संम्भव छ त्यो सम्भवलाई अलिकति एउटा प्रोत्साहन र आत्मविश्वास जरूरत छ । मेरो लागी त्यती असहज छैन, तर अरू महिलाहरूको लागी गाह्रो नै छ । 

हामी एनआरएनएहरूसँग ज्ञान, सिप, पूँजी धेरै छ, त्यो कुरा भित्र्याउन म शेतुको काम गर्न सक्छु।

यसअघि उपाध्यक्ष पद सम्हालिसकेका र अब तपाईंले सम्हाल्ने पदमा कतिको फरक पाउन सकिन्छ ?

-यो भन्दा अगाडि उपाध्यक्ष पद सम्हालिसकेकाहरूले पनि थुप्रै कामहरू गरिसक्नु भएको छ । तर मेरो आफ्नो कार्यकालमा फरक एजेन्डाहरू लिएर आएको छु । जुन महिलाहरूलाईं सशक्तिकरण र पहिला धेरै महिलाहरूले संघसंस्थाहरूमा योगदान दिइसकेका छन् । तिनै महिलाहरूलाई समान अनुभूति हुनुपर्याे, समान सहभागिता, एकता हुनुपर्छ । सबै  व्यक्ति एक भएर अगाडि बढ्नुपर्छ । आफू गोर्खालीको सन्तान भएर मैले गोर्खाजको मुद्दालाई पनि प्राथमिकतामा लिएको छु । अब हाम्रो देशमा पनि धेरै भाषा, संस्कृति भएको कारण  त्यसलाई प्रयोगमा लिएर पर्यटनहरूलाई भित्र्याउन सक्छौँ । धेरै देश गएर विदेशीहरूसँग  काम गरिसकेको हिसावले पनि म त्यो  पहल गर्न सक्छु । जस्तै, हामी एनआरएनएहरूसँग ज्ञान, सिप, पूँजी धेरै छ, त्यो कुरा भित्र्याउन म शेतुको काम गर्न सक्छु।

Logo