दसैँमा खाने चिल्लो, मसालेदार खानाले मुटुमा कस्तो असर गर्छ ? [भिडियाेसहित]

दसैँमा खाने चिल्लो, मसालेदार खानाले मुटुमा कस्तो असर गर्छ ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

हिन्दू धर्मावलम्बीको महान् चाड दसैं र मासु परिपूरकजस्तै भइसकेका छन् । टीका र जमाराजस्तै मासुका विभिन्न परिकारसहितको खानपिन दसैंमा अनिवार्य मानिन थालेको छ । अन्य सामान्य दिन हप्तामा एकदुई पटक बन्ने मासुका परिकार दसैं जस्तो लामो चाडको समयमा दिनदिनै पाक्ने गर्छ । तर, दसैंमा स्वादको पछाडी लागेर स्वास्थ्यको ख्याल नगर्दा त्यही मासुका परिकार र चिल्लोका कारण कयौं नेपालीको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ । 

चिकित्सकले दसैंको खानपिनमा विशेष ध्यान दिन सबैलाई आग्रह गरिरहेका छन् । तर, त्यसमा हेलचेक्रयाइँ भएको देखिन्छ । यस समयमा मुटुरोगीहरुले अझ धेरै सावधानी अपनाउनु पर्छ । खासगरी मुटुका रोगीले रक्ती त खाँदै नखाऔं । रक्तीमा नुनको मात्रा बढी हुन्छ, जसले मुटु रोगीमा उच्च रक्तचापको समस्या निम्त्याउने गर्छ । यसै सन्दर्भमा केन्द्रित रहेर केन्द्रबिन्दु डटकमले मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश-

मुटु रोग भनेको के हो ?

-मुटुलाई असर गर्ने रोगहरू छन्, त्यसैलाई हामी मुटु रोग भन्छौँ । मुटु चाहीँ ३ सय ग्रामको बायाँ छातीमा बस्ने एउटा अंग हो, जसले हाम्रो शरीरलाई रक्तसञ्चार प्रवाह गर्ने काम गर्छ। त्यो मुटुको बाहिर झिल्लीदेखी मुटुको भित्रीसम्म  धेरै प्रकारका रोगहरू लाग्छन्, बाहिर झिल्लीको रोग भन्नाले प्रि कार्य भन्छौँ । झिल्ली सुन्निने, बाक्लो हुनेदेखि लिएर झिल्लीमा संक्रमण हुने गर्दछ । झिल्लीभन्दा भित्र चाहीँ मुटुको मसलको रोग भन्ने हुन्छ । जसले मुटुको मसल कमजोर हुने, मसलहरू बाक्लो भएर ठुलो हुँदै जाँदा रक्तसञ्चार गर्न गाह्रो हुन्छ, त्यसले गर्दा ब्लड प्रेसर हाइ हुने गर्दछ । र मुटुलाइ असर गर्ने, मुटुको रक्तसञ्चारलाई असर गर्ने गर्दछ जसलाई हामी हार्टअट्याक अर्थात् हृदयघात भन्छौँ । मुटुको भल्भहरू हुन्छन् जुन लिक्वेज हुने, भल्भहरू कहिले धेरै सांघुरो हुने त कहिले धेरै फुल्ने भल्भका रोगी हुन्छन् । कहिलेकाहीँ भल्भहरूमा इन्फेक्सन हुने, मुटु रोगका जन्मजातका रोगहरू पनि हुन्छन् । जन्मनु भन्दा अगाडि पनि धेरै कारणले मुटुको बनावटमा फेरबदल भएर जन्मन्छ मान्छे । पछि गएर ठुलो भएर यसको परिणामहरू निस्कन्छन् । 

मुटुको मसल कमजोर हुने, मसलहरू बाक्लो भएर ठुलो हुँदै जाँदा रक्तसञ्चार गर्न गाह्रो हुन्छ, त्यसले गर्दा ब्लड प्रेसर हाइ हुने गर्दछ । र मुटुलाइ असर गर्ने, मुटुको रक्तसञ्चारलाई असर गर्ने गर्दछ जसलाई हामी हार्टअट्याक अर्थात् हृदयघात भन्छौँ ।

यो मुटु रोग के कारणले लाग्छ ?

-मुटु रोगका कारणहरुमा जन्मजातका कारणहरू फरक हुन्छन् भने जन्मिसकेपछि लाग्ने मुटुका रोगहरूको कारण फरक हुन्छ । मुटुको रोग के  रोग हो ? त्यो कारणमा पनि मुटु रोगहरू फरक नै  हुन्छन् । जस्तै, जन्मजात मुटु रोग हुने चाहीँ बच्चा पेटमा हुँदा आमाले सेवन गर्ने खानाले समेत प्रभाव पारेको  हुन्छ । जस्तै भन्ने हो भने आमाले बच्चा पेटमा हुँदा रक्सी, धुम्रपान, मद्यपानले त्यस्तै कुनै रोगले आमा औषधि खाइरहेको छ भने मुटुको रोग लाग्न सक्छ । यस्तै, रेडिएसन एक्सपोजर भयो एक्सरेमा धेरै रेडिएसन भएको ठाउँमा काम गर्ने र राम्रोसँग खानपिन पुगेको छैन भने जन्मजात मुटुरोग यहीँ कारणले लाग्ने गर्दछ । 

रक्तसञ्चार गर्ने मुटुको नलीहरूसँग हामी एक्टिभ हुन्छौँ, तर पछि बोसो जम्दै  गएर अचानक मुटुमा असर गर्दछ । 

यस्तै, मुटुको बाथ रोग जुन ५ देखि  १५ वर्षलाई हुन्छ, त्यसको परिणाम जुन पछि गएर वयश्क अवस्थामा देखिन्छ । यो भनेको चाहीँ घाँटीमा टन्सिल हुने र टन्सिलमा असर गर्ने र त्यो टन्सिलमा असर गरेको केही हप्तापछि मुटुलाई पनि संक्रमण गर्ने र मुटुको भल्भलाई लिकेच गराउने र पछि मुटुकको भल्भ साँघुरो हुने यो एउटा कारण भयो । यस्तै, अरू  कारण भनेको मुटुको बाहिरको झिल्ली संक्रमण हुने मुटुलाई कमजोर गर्ने गर्दछ । अर्काे कारण भनेको हार्टअट्याक हुने यो नशाको रोग हो । मुटुको रक्तसञ्चार गर्ने मुटुको नलीहरूसंग हामी एक्टिभ हुन्छौँ, तर पछि बोसो जम्दै  गएर अचानक मुटुमा असर गर्ने हुन्छ। 

खासगरी कस्ता व्यक्तिलाई मुटुसम्बन्धी रोग लाग्ने गर्दछ ?

-यो मुटुरोगका प्रकारमा भर पर्ने कुरा हो । बच्चामा देखिने मुटुरोग एक प्रकारको हुन्छ भने उमेर बढ्दै गएपछि हुने मुटुरोग फरक हुन्छ । त्यसैगरी वयश्क र वृद्धवृद्धामा हुने मुटुरोग सबै  फरक हुन्छ । यी मध्ये बढि चाहीँ मुटुको रक्तसञ्चारको रोग सबैभन्दा बढि देखा परिरहेको छ ।  

दसैं सुरु भइसकेको छ, यो बेला अलि धेरै मसालेदार खानेकुराहरू खाने गर्दछन्, यो खानेकुराले मुटुका कतिको असर पारिरहेको हुन्छ ? 

-मसला भएको खानेकुराले सिधै मुटुमा असर गर्दैन । त्यो मसला सँगसँगै राखेको घ्यु, तेल, बोसो मिसिएको खानेकुराले चाहीँ मुटुलाई असर गर्छ । तेल, घ्यु अथवा बोसो जुन एकचोटी पकायो फेरि ततायो फेरि पकायो त्यसले गर्दा हाम्रो शरीरको लागी धेरै इफेक्ट हुन्छ । जुन हाम्रो शरीरले खाना खाइसकेपछि शरीरमा जान्छ, रक्तनलीहरूमा जान्छ र रक्तनलीहरूमा त्यो सुपर स्क्याचुरेटेड भएर डिपोजिट हुन थाल्छ । जसले गर्दा मुटुको नसाहरू साँघुरो हुँदै जान्छन्। 

हामीले सिधै मसालेदार खानेकुराहरू धेरै तताएर, पकाएर तारेर खाँदा पनि असर गर्छ। तर यो आज खाएर भोलि हुने होइन, यो बारम्बार खायो भने मुटुलाई जोखिम पार्छ । 

स्वस्थ्य व्यक्तिले दिनमा कति मासु खाँदा स्वास्थ्यको लागी राम्रो हुन्छ ?

-हामीलाई मासु भन्दा नि प्रोटिनको आवश्यकता पर्छ, ६०–७० केजीको मान्छे छ भने ६०–७० ग्राम मासुले हुन्छ । हामीले प्रोटिन भेजिटेबल बाट पनि प्राप्त गर्न सक्छौँ । 

खासमा यो मुटुरोग लागेका मानिहरूले कस्तो मासु खाँदा उपयुक्त हुन्छ ? 

-मुटुरोग लागेका मानिस मात्रै नभएर नर्मल मानिसहरूलाई पनि आफ्नो तौल अनुसार प्रोटिनको आवश्यकता पर्ने हो । हाम्रो कल्चरले दसैँमा बढी मासु खानुपर्छ भन्ने छ त्यसलाई कम गर्नुपर्ने अवस्था देखिन्छ । अर्काे कुरा आज पकाएको तेलमा भोलि पकाउने, तताउने, तार्ने गर्छाैँ यो पनि मुटुको लागी धेरै असर गर्छ । मुटुरोग भएका मानिसहरूले सकभर रातो मासु कम खाने, अण्डाको पहिलो कम खाने, मसलेदार मासु कम खाने गर्नुपर्छ । झोल खाने वा भुटेको खाने हो भने त्यसमा धेरै तेल नराखेर अलि मसला राखेर खाँदा त्यस्तो फरक पर्दैन । 

मुटुसँगै मृगौलालाई कसरी स्वस्थ्य राख्न सकिन्छ ?

-मुटु र मृगौला अब एकआपसमा सम्बन्धित छन् । अब हामीले मुटु र मृगौलालाई स्वस्थ्य राख्न स्वस्थ्य खानेकुरा नै खानुपर्छ । धेरै बोसोजन्य, सुर्तिजन्य पदार्थ सेवन गर्नु भएन । यस्तै अल्कोहलको धेरै सेवन गर्नु भएन, हाम्रो शरीरलाई फुर्तिलो राख्नुपर्याे, ब्लडप्रेसरलाई कन्ट्रोल गर्न सक्नुपर्छ । यस्तै, सुगरलाई पनि हामीले कन्ट्रोल गर्न सक्यो भने मुटु र मृगौलालाई स्वस्थ्य राख्न सक्छौँ । यस्तै, अल्छी गर्ने बानी हटाउनुपर्छ, बढी तनाव नलिने, निद्रा राम्रोसंग पुग्ने गरेर सुत्नुपर्याे र यी सबै कुरामा ध्यान दियौँ भने स्वस्थ्य राख्न सकिन्छ ।

व्यायाम हामीले दिनमा कम्तिमा पनि आधा घण्टा सकिन्छ त्यो भन्दा बढी पसिना आउने गरि व्यायाम गर्न सक्यौँ भने स्वस्थ्य रहन सकिन्छ ।

मुटुरोगीहरूले शाकाहारी खाना खाँदा कस्तो कुरामा ध्यान दिनुपर्छ ?

-शाकाहारी मान्छेले खाने कुराहरूमा दुध, दही, पनिर बढी खाने गर्नुहुन्छ भने त्यसमा मुटुको रोगीहरूले घ्यु, दुध दहीमा हुने क्रिम बढी खानु हुन्न । यस्तै, कोलेस्ट्रोल बढी भएको अरु खानेकुरा पनि खानुहुन्न ।

हामीले स्वस्थ्य रहन के–के गर्नुपर्छ ?

-स्वस्थ्य रहनको लागी सबैभन्दा ठुलो चाहीँ व्यायाम नै हो । व्यायाम हामीले दिनमा कम्तिमा पनि आधा घण्टा सकिन्छ त्यो भन्दा बढी पसिना आउने गरि व्यायाम गर्न सक्यौँ भने स्वस्थ्य रहन सकिन्छ । आफ्नो मुटुको धड्कन आफूलाई थाहा हुनेगरी व्यायाम गर्नुपर्छ, अब दसैँको बेला सुगरको मात्रा कस्तो छ त्यसलाई पनि कन्ट्रोल गर्ने  हो । व्लडप्रेसरलाई कन्ट्रोल राख्यौँ भने नुन चिनिको मात्रा कम गर्याैँ र यी मिलाउन सक्यौँ भने सन्तुलित आहार नै हाम्रो शरीर स्वस्थ्य राख्ने आधार हो । 

माछामासु र पेयपदार्थले स्वास्थ्यमा कत्तिको असर पार्छ ?

-माछामासु र पेयपदार्थ हाम्रो सोसाइटीले पनि नराम्रो मानेको अवस्था छ । तर विदेशी देशहरूले यसलाई राम्रो मानेको हुन्छ, अल्कोहलले हाम्रो शरीरलाई धेरै नै असर पारिरहेको छ । अर्काे कुरा माछामासु भनेको प्रोटिन दिने कुरा हो । माछा तेलमा नतारीकन र धेरै तेलमा नपकाइकन खायौँ भने मासुभन्दा माछा हाम्रो शरीरको लागि फाइदाजनक छ । 

भिडियाेका लागि-

 

Skip This
Skip This
Logo