केही नेताहरुकै कारण एयरपाेर्ट कब्जा भयाे, क्विन्टलका क्विन्टल सुन भित्रियाेः सांसद डा. सुनिल शर्मा

केही नेताहरुकै कारण एयरपाेर्ट कब्जा भयाे, क्विन्टलका क्विन्टल सुन भित्रियाेः सांसद डा. सुनिल शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले विमानस्थल कब्जा गरेर सुन तस्करी गर्नेहरु यो देशको राज्य सत्तामा बसेको आरोप लगाएका छन् । साथै उनले राज्यका ठूला मान्छेहरूलाई सेटिङसँगै कमिसन मिलाएर बाँडफाँट गरेर विदेशमा पेमेन्ट गरेर यो  एनसेलको कारोवार सत्य भएको जिकिर गरे। यसै विषयमा केन्द्रित रहेर केन्द्रबिन्दु सम्वादमा हामीले सांसद शर्मासँग कुराकानी गरेका छाैँ। प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश-

राष्ट्रिय राजनीतिमा अहिले पार्टीको लगामभन्दा बाहिर रहेर जनताका लागि यथार्थ कुराहरू सम्प्रेषण गरिरहनुभएको छ, पछिल्लो समय एनसेल प्रकरण खास के लाग्छ ?

-एनसेलको प्रकरण धेरै नै लामो छ। पहिलो  कुरा त ट्याक्सको दफा ५७ भन्ने  ब्यवस्था छ। नेपालका ठूला-ठूला उद्योगधन्दा सबै कोल्याप्स गर्ने खालको दफा हो । त्यो दफा नै ठिक छैन, किनभने त्यो दफाले ३ वर्ष भित्रमा ५० प्रतिशत भन्दा बढी सेयर बिक्री गरे कुनै कम्पनीले भएको सबै सम्पतिलाई प्रिजेन्ट भ्यालु गर्ने र त्यसमा २५ प्रतिशत कर लगाउने अनि यसमा प्लस व्यक्ति मान्छेले १० तिर्नुपर्याे, १०० रूपैयाँको सेयर बेच्दा ३६ प्रतिशत सेयर त्यो पनि प्रिजेन्ट भ्यालुमा भन्छ।

आरजु राणा र जयबीर देउवा शेरबहादुरको परिवार मात्र हो भनेर भाग्न पाउने अवस्था छैन, यो कुराले काँग्रेस पार्टीलाई नै असर गर्दछ।

अहिले एनसेलको रियल भ्यालु प्रिजेन्ट के रहेछ भने १५ खर्ब अथवा साढे १२ मिलियन डलर हुँदो रहेछ। किनभने यो अगाडि पनि एनसेल त बिक्री भएको छ।  यही एनसेल ७, ८ वर्ष पहिला बेच्दा १ खर्व ४३ अर्बमा बिक्री भएको हो। यता त झन् अब स्ट्रक्चर बढ्यो, जमिनको मूल्य बढ्छ, बिजनेस एक्सपोजर भयो, नाफा छ, १५ खर्बको प्रोजेक्टर चाही खस्यो अहिले। ३ खर्व चाँहि कमिसनमा नेपाली व्यापारीले डिल गरेर यो  देशको प्रधानमन्त्री र अमरेश सिंहजीले  दिनुभएको जानकारी ठिक हो।

व्यापारी जुन भन्नु भएको छ, त्यो ठिक हो। तिनै व्यापारीहरूको महिनाैदेखिको जाेडबलले यो राज्यका ठूला मान्छेहरूलाई सेटिङसँगै कमिसन मिलाएर बाँडफाँट गरेर विदेशमा पेमेन्ट गरेर यो एनसेलको कारोवार भएको सत्य कुरा हो। 

त्यो भन्दा खतरनाक कुरा चाँहि के हो भने यो त राज्यको हो । तर नेपालीहरूको नाममा रहेको शेयर जुन २० प्रतिशत छ, ८० प्रतिशत जुन नेपाल सरकारको हुन्थ्यो । अब यसले के गर्दै छ भने ३१ प्रतिशत शेयर नेपालीको एकाउण्टमा बनाउँदै छन्, र अर्काे २५  वर्ष एग्रिमेन्ट थप्ने गरी एनसेल जुन १५ खर्बको सम्पति राज्यको हुन्थ्यो त्यसलाई घुमाउरो बाटोबाट उनै व्यापारीको हातमा पुर्याउने गरी यो  प्रबन्ध मिलाइएकाे छ । यसमा ३ खर्ब जतिको डिल रहेछ खासमा भन्ने हो । अझै बाहिर आउँदैछ बाँकी कुरा। 

प्रधानमन्त्रीले त भन्नुभयो म देश बाहिर थिए थाहा पनि भएन भनेर । पछि समिति पनि बनाइयो, पछि लेखा समितिले छानबिन पनि गर्यो । केस अदालतमा बिचाराधीन छ, तपाईंले यो केसलाई के भन्नु भयो भने ६ अर्ब ६६ करोड होइन त्यसमा थप १ अर्ब थपिदिन्छु । म किन्दिन्छु। 

राज्यलाई पनि फाइदा, किन्ने व्यक्तिलाई पनि फाइदा भन्नुभयो यसमा कसले खेल खेलेको छ ? 

-६ अर्ब ६६ करोडमा १ अर्ब थपिदिन्छु भनेको हुँ। मेरो हैसियत खर्बमा छैन। व्यापारीको आफ्नाे धर्म हो व्यापार गर्ने। पैसा कमाउने उसको त काम नै हाे। व्यापारीलाई किन दोष लगाउनु राज्य संयन्त्रमा बस्ने नै लुटपाटमा लागेपछि त्यो दोषी भएन र ? अपराधी ब्याकग्राउन्डबाट आएका लोभी र देशमा लुटतन्त्र मच्चाउन चाहनेहरुले सिन्डीकेटको रुपमा र यो डेमोक्रेसी नै होइन यो पार्सल डेमोक्रेसी हो । यो नियन्त्रित प्रजातन्त्र हो । पूर्ण प्रजातन्त्र नै होइन यो। पूर्ण प्रजातन्त्रमा २ चोटी प्रधानमन्त्री भएपछि फेरि हुन पाउँदैन।

नेपाली एयरपाेर्टलाई प्रयाेग गरेर नेपालका राजनीतिककर्मीहरू ६-८ जना बिग हाउसलाई समातेर सेटिङ गरेर निरन्तर याे  काण्ड भइरहेकाे छ र एयरपाेर्ट कब्जा भएकाे छ।

अमेरिकामा बाराक ओबामाले चुनाव लड्न पाएकाे भए चार चाेटी  जित्थे। तर राम्रा मान्छेहरूले एकचाेटी लडे अनि छाेडे । जस्तै, नेल्सन मन्डेला, महात्मा गान्धीलाई हेर्नुस् र  नेपालका नेताहरूलाई पनि  हेर्नुस्, कतिकाे फरक पाउनुहुन्छ। यिनिहरूलाई जहिले कुर्सी र सत्ता चाहिन्छ। 

अहिले याे  एनसेल प्रकरणमा छानविन गर्न बनाइएकाे समितिमाथि समेत प्रश्न उठिरहेका छन् किन ?

-यसकाे कामै छैन, याे भनेकाे  एउटा ओहाेरदाेहाेर गर्ने काम हाे। सरकारले अहिले याे  सेयर  खरिद बिक्रीलाई राखेर पब्लिकमा आह्वान गर्नुपर्ने  हाे। सार्वजनिक रूपमा खरिद गर्न लगाउनुपर्थ्याे  तर  सरकारले बिना कामकाे  गठन समिति बनाएकाे छ। 

नेपालकाे एयरपाेर्टबाट उस्तै  परे हात्ती छिराइदिन्छु भन्थे, खासमा अहिले यस्तै भएकाे छ नी ?

-दैनिक रूपमा  क्विन्टलका क्विन्टल सुन यताबाट गइरहेकाे छ, याे भारतमा पनि टेन्सनकाे विषय उत्पन्न भएकाे छ। इन्डियन बजारमा अर्नामेन्टकाे  बजार हेर्दा गैरकानूनी सुन धेरै छ। यसकारण  याे  ड्रग, हतियार र कमिसनकाे पेमेन्टमा सुनकाे काराेवार हुन्छ।

सुन भनेकाे एउटा यस्ताे वस्तु हाे, दुनियाँमा जाे लाेकल करेन्सी बन्छ। सुन तपाईं इन्डिया जानुस् आसि पैसा बन्छ, श्रीलंकामा जानुस् श्रीलकंन पैसा बन्छ,जहाँ सुन पुर्याउनुस् त्यहाँ लाेकल करेन्सीमा काराेवार हुन्छ। त्यसैले नेपाली एयरपाेर्टलाई प्रयाेग गरेर नेपालका राजनीतिककर्मीहरू ६-८ जना विग हाउसलाई समातेर सेटिङ गरेर निरन्तर याे  काण्ड भइरहेकाे छ र एयरपाेर्ट कब्जा भएकाे छ।

तपाई‌ंहरू जस्तै  आवाज राख्ने सांसदले यस्ता विकृतिहरूविरूद्द किन बाेल्न सकिरहनु भएकाे छैन ?

-हामी प्रयत्न गरिरहेका छाैँ। मिटिङ गरिरहेका छाैँ, त्याे विद्राेहकाे  दिन आउन धेरै टाढा छैन, छिट्टै आउँदैछ। 

अब अमरेश  सिंहको कुरा मान्दा देशको पूर्वप्रधानमन्त्रीको श्रीमती र छोरा प्रधानमन्त्रीसँग सिंगापुर पुगेको कुरालाई कसरी लिनुहुन्छ ?

-अब सिंगापुर जानै नपाउने होइन तर सत्य कुरा के हो त्यो अब शेरबहादुर देउवाले प्रष्ट पार्नु पर्दछ। जब छोरा र श्रीमतीको नाम पटक पटक जोडिँदा अब काँग्रेस पार्टी बोल्नुपर्दछ, आधिकारीक धारणा आउनु पर्दछ। आरजु राणा र जयबीर देउवा शेरबहादुर देउवाका श्रीमती र छोरा मात्र नभएर काँग्रेस पार्टीको पनि सम्पति हो, देशकै पनि सम्पति हो, र सामाजिक व्यक्तित्व हो, शेरबहादुरको परिवार मात्र हो भनेर भाग्न पाउने अवस्था छैन यो कुराले काँग्रेस पाटीलाई नै असर गर्दछ।

यदि बिना कारण अमरेशजीले आरोप मात्र लगाएको हो भने उहाँलाई कारबाही गर्नुपर्दछ । शेरबहादुर दाइ बोल्नु भएन भने अथवा काँग्रेसले यस बिषयमा कुरा नगरे अमरेशजीले भनेको कुरालाई सत्य मान्नु पर्दछ। नभए बोलेर कानूनी उपचार खोज्नु पर्दछ ।  म त भन्छु काँग्रेसले प्रष्ट पार्नु पर्दछ दम छ भने नभए स्किप गरे पनि भयो । तर अब यो पाटी भाग्न पाउँदैन। 

काँग्रेस महासमिति बैठकबाट केही राम्राे  हुन सक्छ ?

-महासमिति बैठकले अहिले  केही गर्छ जस्ताे लाग्दैन किन भने याे यिनीहरू डराएकाे छन्, महासमिति फेस गर्ने  आँट नै छैन । हेर्नुस् याे सर्न सक्छ। म शेरबहादुरकाे कुरा गर्दिनँ, कार्यकालमा भएका याे निर्णय गर्न सक्ने हैसियत भएकाहरू महासमितिकाे फेस गर्न सक्दैनन्। भित्रभित्रै यिनीहरू बैठक सार्न खाेज्छन्।  र गरिहाले  भने  पनि टप प्राेग्राम राखेर प्रदेशहरूकाे छुट्टै हुनसक्छ।

सबै  महासमिति सदस्य र  देशभरका सदस्य राखेर एउटै भेलाबाट एजेण्डा पास अथवा विषय उठान गर्नसक्ने स्थिति बन्न सक्दैन। नैतिक बल गुमाएका छन् यिनीहरूले। अहिलेकाे काँग्रेसले केही हदसम्म नैतिक हक गुमाएकाे  छ।  

भूकम्प पीडितप्रति  किन ध्यान दिन सकेकाे  छैन सरकारले ?

-भूकम्प याे एउटा प्राकृतिक प्रकाेप हाे। तर यसमा सरकारकाे प्रधानमन्त्री, गभर्नर, अर्थमन्त्री र  याे  देशकाे  नियम कानून चलाउनेहरू दलालका रूपमा चलाइरहेका छन्। १९ जना मान्छे बैंककाे ऋण तिर्न नसकेर आत्महत्या गर्ने स्थितिमा छन्।

ब्याज नीति पहिले ल्याउनु पर्ने हाे। गभर्नरले याे सक्दैन भने  किन कुर्सीमा बस्नु ? उसले यत्ति सक्दैन भने एक मिनेट पनि बस्न नपाउनु पर्ने हाे। यस्तै अहिलेकाे प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर र अहिलेकाे राज्य संयन्त्रमा बसेकाे मान्छेकाे रस र स्वयं काँग्रेस पार्टी पनि भएकाले पार्टीकाे उपल्लाे लेभलका नेताहरूकाे पनि  दायित्व हाे यस्ताे गर्नुपर्छ भनेर  घच्घचाउनकाे लागि।

यदि शेरबहादुर देउवाले साँचिक्कै छुटाउन चाहेकाे भए बालकृष्ण खाण गिरफ्तार नै पर्ने थिएनन्।

र सिंगल डिजिटमा व्याज आउनुपर्छ। अब एकदिन, एक घण्टा ढिलाे नगरेर आउनुपर्छ । कृषकहरूलाई ५ प्रतिशतमा व्याज दिनुपर्छ भने मजदूरहरूलाइ पनि दिनुपर्छ। ह्विस्की र बियर खाएर हुनेवाला छैन। गभर्नरलाई र उनका सन्तानलाई पाप लाग्नेछ। यस्ता फटाहाहरूलाई राष्ट्रकाे गर्भनर भएर बस्ने कुनै अधिकार  छैन। 

शेरबहादुर  देउवाले केपी ओलीलाई फाेन गरेर बालकृष्ण खाणलाई  छुटाउन पर्याे  भन्ने कुरा बाहिर आयाे यसमा के भन्नु हुन्छ ?

-यदि शेरबहादुर देउवाले साचिक्कै छुटाउन चाहेकाे भए बालकृष्ण  गिरफ्तार पर्ने नै थिएनन्। शेरबहादुर  देउवा भनेकाे याे  देशकाे शक्ति हाे।  सुपर पावर  हाे। शेरबहादुर दाइकाे सरकारले  प्रकाउ गरेकाे  हाेइन बालकृष्णलाई। याे  सब गाेलचक्र हाे ,अनि  याे  राजनीति हाे। अब उनले रियल छुटाउन चाहेकाे भए या नभएकाे भए पनि भगवानले चाहेकाे दिन अवश्य छुट्ने छन् र छुट्नु पनि पर्छ, उनी  निर्दाेष छन्।

बालकृष्ण खाणलाई बाहिर बसेर जिल्लाकाे  मुद्दा लड्न दिनुपर्छ। न्यायाधीशहरूले किन भन्न सकेनन् यति पैसा दियाे, उति आयाे  भनेर ? बिना प्रमाण जेलमा राख्न पाइन्छ? ति न्यायाधीशहरू झाेले  हुन्। 

भिडियाे-

 

Logo