लाइफ स्टाइल

क्वारेन्टाइनमा जन्मदिन कसरी मनाउने ? यसरी बनाउनुहोस् अविष्मरणीय

15 Shares

कोरोनाभाइरस, लकडाउन, सामाजिक दूरी, क्वारेन्टाइनका कारण विश्वभरका धेरै मानिसहरूले आफ्नो जन्मदिन मनाउने योजनाहरू रद्द गर्नुपर्‍यो । यस्तो अवस्थामा मान्छेहरु साथीभाईसँग आफन्तहरूसँग केक काट्ने, हिंड्ने, कपाल काट्ने, आदि कुराहरुलाई सम्झिरहेका होलान् । तर ती सबैकाबीचमा पनि केहि सकारात्मक कुरा भइरहेको छ । जसबाट हामी धरै कुरा सिक्दै छौं ।

हामीले जीवनमा के कुरालाई नियन्त्रण गर्न सक्दछौं, के नयाँ प्राप्त गर्न सक्छौं भन्ने पनि बुझ्दै छौं । हामीलाई यो कोरोना कहरको समयमा जीवनका धेरै कुरा सिक्ने अवसर मिल्दैछ । लकडाउनको बीचमा हामी हाम्रो जीवन नयाँ तरिकाले बिताइरहेका छौं । मानिसहरु सामाजिक दुनियाबाट वास्तबिक दुनियामा प्रवेश गर्दैछन् ।

बद्लियो जन्मदिन मनाउने तरिका

यतिबेला जन्मदिन मनाउने तरिका पूर्णरूपमा परिवर्तन भएको छ । हामी वास्तवमै आफ्नो जन्मदिनको अनुभव गर्दैछौं । हाम्रो आफ्नो जन्मदिनको केक आफै घरमै बनाउँदै छौं । जन्मदिन मनाउने तरिका भिडियो कलमा परिवर्तन भएको छ । परिवार र साथीहरूसँग, जुममा (भिडियो कन्फरेन्सिंग एपमार्फत) मैनबत्ति बाल्दै छौं, केक काट्दै छौं ।

भिडियो च्याटको स्क्रीनशट र फोटो लिदै यसलाई सोसल मिडियाहरूमा शेयर गरिरहेका छौं । यद्यपि यो सबैको बाबजुद पनि केहि मानिसहरू एक्लोपनको बारेमा चिन्तित छन । बेलुकासम्म भावुक भइरहेका हुन्छन् । तर जब रात हुन्छ साथीभाई र परिवारका सदस्यहरूसँग भिडियो च्याटमा खुशी पनि हुन्छन् । यदि तपाईको यस लकडाउनको समयमा जन्मदिन परेको छ भने अब चिन्ता नलिनुहोस् र आउनुस् हामी तपाइँलाई यस समयमा तपाईको जन्मदिन कसरी मनाउने भनेर भन्दैछौं ।

आफ्ना भावनाहरूलाई बुझ्ने कोसिस गर्नुहोस्

फ्रेन्डसिप विज्ञ शास्ता नेल्सन भन्छन् कि यस समय परिस्थिति अनुसार तपाईले आफ्ना भावनाहरूलाई बुझ्ने प्रयास गर्नुहोस् । तब मात्र शान्ति पाउनुहुनेछ जब तपाईले महसुस गर्नुहुनेछ तपाईको परिस्थिति के हो भनेर । तपाईलाई के मन पर्छ र तपाईले के गर्नुपर्छ ? के तपाईं आफ्नो दिन खुशीसाथ वास्तबिकतामा बिताउन चाहानुहुन्छ ? वा तपाईंको जन्मदिन तपाईंको घरमा मनाउन चाहनुहुन्छ ? यस क्षणमा तपाईले महसुस गरिरहनु भएको कार्य गर्नुहोस् ।

अवस्थाबारे सचेत रहनुहोस

तपाईको वरपरको अवस्थाबारे तपाई सचेत हुनुपर्दछ । सतर्क रहनुहोस्, उत्साहित भएर केहि गर्नुअघि सोच्नुहोस् कि तपाई घरमै बसेर स्वस्थ रहन सक्नुहुन्छ । घरमै बसेर सेलिब्रेट कसरी गर्ने भन्ने बारेमा अन्य विकल्पहरू सोच्नुहोस् ।

भर्चुअल पार्टी गर्न सक्नुहुन्छ

यदि तपाईं आफ्नो जन्मदिनमा भोज गर्न चाहनुहुन्छ भने अवश्य गर्नुहोस् । तर यो पार्टी भर्चुअल हुनुपर्दछ । यस समयमा भर्चुअल पार्टी नै एक मात्र समाधान हो । यस्तो अवस्थामा आफ्ना साथीहरूसँग भिडियो कलहरूको लागि समय सेट गर्नुहोस् । जानकारी रहोस् कि जुम भिडियो कलमा २० भन्दा बढी व्यक्तिहरू एकै पटकमा सामेल हुन सक्नुहुन्छ । यो पनि निश्चित गर्नुहोस् कि सबै तपाईंसँग परिचित छन् र कन्फरेन्सिङ पार्टीको आनन्द लिनसकुन् । यस्तो समयमा तपाईले आफ्ना साथीहरूसँग मजाले खुलेर रमाइलो गर्नुहोस, केक काट्नुहोस् र फोटो खिच्नुहोस् ।

 जन्मदिनमा राम्रा उपहार लिनुहोस

जब कसैले तपाईंलाई तपाईको जन्मदिनको उपहारको बारेमा सोध्दछन् भने तपाईंले भन्न सक्नुहुन्छ कि ईमेलमार्फत कार्ड पठाई दिनुहोस वा तपाई मनपर्ने खाना अनलाइन मार्फत अर्डर गर्न सक्नुहुन्छ वा तपाईको इच्छा अनुसार दुःखी गरिबलाई दान दिन सक्नुहुन्छ । के गर्ने भन्नेमा तपाईमा पूर्ण निर्भर गर्दछ ।

स्वास्थ्यकर्मीको सहयोग लिनुहोस्

यदि तपाईं यस नकारात्मक वातावरणमा एक्लोपनलाई लिएर चिन्तित हुनुहुन्छ । यदि तपाईं आफ्नो जन्मदिनमा दुःखी हुनुहुन्छ भने तपाईं स्वास्थ्यकर्मीसँग कुरा गर्न सक्नुहुन्छ । यस समयमा एक्लोपनले धेरै नकारात्मकताहरूलाई जन्म दिइरहेको हुन्छ यस्तो अवस्थामा तपाईं स्वास्थ्य विशेषज्ञहरूको सहयोग लिन सक्नुहुन्छ ।

साथी वा विशेष व्यक्तिको जन्मदिन मनाउदै हुनुहुन्छ ? यी कुराहरूमा ध्यान दिऔं

भावनाहरुलाई सम्मान गर्नुहोस्

यदि तपाईंको साथी वा परिवार मध्ये कुनै एक सदस्यको जन्मदिन छ भने तपाईंले तिनीहरूको भावनाहरूको कदर गर्नुपर्छ । न्यूयोर्कका डा. ली व्याख्या गर्छन् कि, “यो यस्तो उदासिन समय हो कि तपाईले आफ्नो जन्मदिनसम्म पनि मनाउन सक्नुहुन्न । यो जन्मोत्सव तपाई र तपाईका साथीहरुका लागि एकदम महत्वपूर्ण हो । यस्तोमा तपाईले जसको जन्मदिन हो त्यो व्यक्तिसँग कुरा गर्नुहोस् । उसका भावनाहरू बुझ्नुहोस् र तिनीहरूलाई खुशी पार्न प्रयास गर्नुहोस् ।

अरूलाई कसरी सेलिब्रेट गर्ने छनौट गर्न अनुमति दिनुहोस्

फ्रेन्डसिप विज्ञ शास्ता नेल्सन भन्छिन् ‘कि हाम्रो जीवनको सब भन्दा राम्रो उपहार मध्य यो पनि एक हामी अरू कसैको हातमा जन्मदिन मनाउने अवसर दिन्छौं । जब कसैले हाम्रो लागि केहि सोचेँको हुन्छ वा विशेष योजना बनाउँछ, यो पनि सबै भन्दा उत्तम उपहार हो । यसले सकारात्मकता निम्त्याउँछ ।’

सरप्राइज दिनुहोस्

यस समयमा यदि तपाइँको कुनै साथी वा एक विशेष व्यक्तिको जन्मदिन छ भने तपाइँ उसलाई खुशी बनाउन एक जन्मदिनको सरप्राइज योजना बनाउन सक्नुहुन्छ । जस्तै तपाई उसको ठेगानामा केक, फूल, उपहार अर्डर गरेर पठाउन सक्नुुहुन्छ । यदि तपाईंको पारिवारिकै सदस्यको जन्मदिन छ भने तपाईंले घरमानै फरक तरिकाले कोठाको सजावट गर्न सक्नुहुन्छ, उपहार दिनुहोस् र मधुरो संगीतको साथ खानाको आनन्द दिन सक्नुहुन्छ ।

रचनात्मक योजना बनाउनुहोस्

यदि तपाईं लकडाउनको क्रममा बच्चाको जन्मदिन मनाउँदै हुनुहुन्छ भने तपाईं घरमा रचनात्मक केहि गरेर उसलाई खुशी पार्न सक्नुहुन्छ । डा. ली भन्छन् ‘घरमै डान्स पार्टी गर्न, ट्रेजर हन्ट वा बेकिंग शो बनाउनुहोस् जुन भिडियोद्वारा परिवारमा शेयर गर्न सकियोस । “फोटोहरू खिच्नुहोस् । बच्चालाई कार्डमा वा कुनै कपिको पानामा उनीहरूको भावनाहरु लेख्न दिनुहोस् । आफ्ना भावनाहरु सुनाउनुहोस् । यो समयको भर्चुअल जन्मदिन तपाईंको जीवनको सबै भन्दा यादगार जन्मदिन हुन सक्नेछ ।’

(भास्कर डटकममा प्रकाशित यो सामग्री दीपक विकले अनुवाद गरेका हुन् )

प्रकाशित: ३० चैत्र २०७६ १६:१६ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी