सफल हुन कस्तो साथीको संगत गर्ने ?

सफल हुन कस्तो साथीको संगत गर्ने ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं

हामी सबैले सुनेकै कुरा हो,“एउटा कुहिएको आलुले बोराभरीको सबै आलुलाई सडाउँछ ।” समुहमा एउटा साथी खराब भयो भने समुहभरीको सबै साथीहरुमा उसको खराब आचरणको असर पर्न जान्छ ।

एउटा चुरोटको लत लागेको साथीले आफ्नो साथीलाई पनि चुरोट पिउन सिकाउँछ भने एउटा पढन्ते साथीको संगतले आफू पनि पढन्ते भइन्छ । समग्रमा जसको वा जस्ताको संगत गरियो आफू पनि त्यस्तै भइन्छ । जीवनमा साथीको पनि परिवार जत्तिकै भूमिका हुन्छ । हरेक व्यक्ति आफ्नो जीवनमा सफलताको शिखर चुम्न चाहन्छ । जसका लागि सबैभन्दा पहिले असल संगतमा रहन सिक्नुपर्छ, अर्को कुरा आफ्ना लागि को शत्रु र को मित्र भन्ने कुरा थाहा पाउनुपर्छ । सधैँ सत्यको बाटोमा हिड्नुपर्छ ।

खराबको संगतको प्रभाव

खराब संगतले तपाईंको मन र मस्तिष्कमा खराब विचारहरूको प्रभाव पर्छ । यस्तो अवस्थामा सकारात्मकता वा सुखद भविष्यको कामना गर्नु व्यर्थ हुन्छ ।

तपाईं असल गुणहरुले भरिपूर्ण हुनुहुन्छ तर संगत खराब छ भने तपाईंको जीवन बर्बाद हुन सक्छ । तपाईं साह्रै खराब हुनुहुन्छ तर संगत असल छ र तपाईं उनीहरूको कुरा सुन्नु पनि हुन्छ भने तपाईंको जीवन सुखमय एवं आनन्दले भरिपूर्ण हुन्छ ।

महाभारतका दुर्योधन यसका उदाहरण हुन् । उनी असल हुँदा उनको नाम नै सुयोधन थियो तर पछि मामा शकुनीको संगत एवं प्रभावका कारण उनी दुर्योधन भनेर चिनिन पुगे । कस्ताको संगत कसरी गर्ने त ?

असल मित्र पहिचान गर्नुहोस्

आफ्नो कमजोरी प्रष्ट रुपमा नभनिदिने र सधैं चिल्लो कुरा गर्ने मित्रबाट टाढा रहनुपर्छ । संगत गर्दा शत्रु र मित्रको पहिचान गर्न सक्नुपर्छ, सिक्नुपर्छ ।असल सल्लाह दिने र साँचो बोल्ने मान्छे कहिल्यै खराब हुँदैन । महाभारतका शल्य एवं युयुत्सु यसका उदाहरण हुन् ।

यस्ता साथीलाई विश्वास गर्नुहोस्

१.सत्यवादी
जीवनमा त्यो व्यक्ति मात्रै सफल हुन्छ, जो सदैब ईश्वर, धर्म र सत्यको पक्षमा हुन्छ । यसकारण कहिल्यै पनि सत्यको साथ छाड्नु हुँदैन । त्यसैले सधैँ सत्य बोल्ने साथीको संगत गर्नुहोस् । यदी तपाईंलाई आफ्नो साथीको बानीबेहोरा चित्त बुझिराखेको छैन र उक्त बानीले तपाईंलाई हानी पु¥याइराखेको छ भने प्रष्ट रुपमा आफनो मनको कुरा भनिदिनुहोस् । उसले परिवर्तन गर्न नमानेको खण्डमा साथीलाई नै छाड्न समेत हिच्किचाउनु हुँदैन ।

२.इमान्दार र निःस्वार्थी
इमान्दार मानिस ईश्वरको सर्वोत्कृष्ट कृति हो । इमानदार मान्छेले कहिल्यै कसैलाई छलघात गर्दैन । इमानदार तथा विनास्वार्थ साथ दिने साथीले जीवनलाई सम्पूर्णतामा बदल्न सक्छ । जसलाई हितैषी, सत्यवादी, आपतविपतमा साथ दिने, गलत बाटोमा जानबाट रोक्ने मित्रको साथ मिल्छ त्यस्ताको जीवन सुखी हुन्छ । अनि उसैको जीवन सफल पनि हुन्छ ।

Logo