काठमाडौं । भनिन्छ, तस्बिर आफैं बोल्छ । अर्थात कुनै तस्बिर छ भने त्यसले पुरै कथा बताउँछ । तस्बिरलाई सबैभन्दा महत्वपूर्ण प्रमाण पनि मानिन्छ । एकातिर प्रमाणको रुपमा काम गर्छ भने अर्कोतिर त्यही तस्बिर सम्झनाका लागि पनि हुन्छ ।

फोटोग्राफी एउटा कला हो । अठारौं शताब्दीबाट सुरु भएको फोटोग्राफी यतिबेला निकै आधुनिक भइसकेको छ । आधुनिक प्रविधिको प्रयोग गरेर खिचिएका तस्बिरहरूले छुट्टै पहिचान बनाउन थालेको देखिन्छ ।

पछिल्लो समय युवा पुस्तामा फोटोग्राफीप्रतिको मोह निकै बढेको छ । विशेषगरी फोटो पत्रकारितामार्फत आफ्नो करियरलाई अगाडि बढाउने यो प्रति बढी झुकाव राख्छन् । यहि भिडमा अघि बढ्दै छन्, किरण विष्ट । कञ्चनपुर घर भएका किरण केही वर्षदेखि काठमाडौंलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन् ।

फोटोग्राफीमार्फत उनले नेपालका पर्यटकीय क्षेत्रलाई विश्वसामू चिनाउने प्रयास थालेका छन् । उनको अर्को प्यासन भनेका मोडलिङ क्षेत्र पनि हो ।

देश विदेशमा रहेका चर्चित मोडलहरूको फोटोसूट गर्दै आएका उनी सुदूरपश्चिमलाई भने निकै माया गर्छन् । एकातिर आफ्नो जन्म थलो कारण पनि उनी सुदूरपश्चिममा पर्यटकीय क्षेत्रलाई फोटोसूट मार्फत विश्वसामू चिनाउने प्रयासमा छन् ।

उनले यस्तो योजना अघि सारेका छन् । कम्तिमा पनि एक लाख पर्यटकलाई फोटोसूट मार्फत नै सुदूरपश्चिममा भित्र्याउन सक्ने उनमा आँट छ । त्यसको लागि उनले राज्यसँग सहयोगको अपेक्षा गरेका छन् ।

उनले स्थानीय, प्रदेश र संघीय सरकारसँग प्रपोजल समेत पेश गरेका छन् । जसमा उनले फोटोग्राफीमार्फत नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न सकिने दाबी गरेका छन् ।






























प्रतिक्रिया