अहिलेसम्म तपार्ईंले अनुहारबाट मेकअप हटाउन परे के गर्नुहुन्थ्यो । रिमुभर प्रयोग गर्नुहुन्थ्यो होइन ? रिमुभरले मेकअप त सहजै हटाइदिन्छ तर यसका साइडइफेक्ट पनि हुनसक्छन् ।
त्यसो भए गर्ने के त ? प्रश्न उठ्यो होइन त ? तपार्ईंका लागि खुसीको कुरो छ ।
मेकअप हटाउनका लागि बदामको तेल उपयोगी हुन्छ । यसकोे सहयोगले पनि सजिलोसँग बिना कुनै साइडइफेक्ट सजिलै मेकअप त हटाउन सकिन्छ नै, यसले अनुहारलाई अन्य थप फाइदा पनि गर्छ ।
मेकअप हटाउन बदामको तेल कसरी प्रयोग गर्ने ?
–सबैभन्दा पहिला बदामको तेललाई सही मात्रामा आफ्नो हातमा राख्ने, त्यसलाई अनुहारमा लगाएर बिस्तारै बिस्तारै मालिस गर्ने । आँखा र त्यसवरिपरिको भागमा ध्यान दिएर बिस्तारै मालिस गर्ने ।
–त्यसपछि कपासको एउटा ठूलो टुक्रालाई गुलाबजलले भिजाएर निचोर्ने अनि त्यसले आफ्नो अनुहार राम्रोसँग पुछ्ने ।
बदामको तेलले मेकअप हटाउँदाको फाइदा
–बदामको तेलमा हानिकारक रसायन हुँदैन, फलस्वरूप त्यसले अनुहारमा कुनै प्रकारको नोक्सान हुन दिँदैन ।
–रिमुभरले मेकअप हटाएपछि अनुहारको चमक हराउँछ, तर बदामको तेल प्रयोग गर्दा त्यसको पोसले अनुहारमा चमक ल्याउँछ ।
–अनुहारमा चाँयाको समस्या छ भने त यो तेलको प्रयोग गर्नुजति राम्रो केही हुँदैन ।
ध्यान दिनुपर्ने कुरा
–वाटर प्रुफ मस्कारा लगाइएको छ भने त्यसलाई पूर्ण रूपले हटाउन अलिकति बढी तेल प्रयोग गरेर मालिस गर्नुपर्छ ।
–अनुहारको मेकअप हटाइसकेपछि मनतातो पानीले पखाल्नुपर्छ अनि नरम र सुख्खा तौलियाले बिस्तारै पुछ्नुपर्छ ।





























प्रतिक्रिया