कसले भन्यो पुरुष रुनुहुदैन ? जति सक्यो निर्धक रोए हुन्छ !

कसले भन्यो पुरुष रुनुहुदैन ? जति सक्यो निर्धक रोए हुन्छ !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आँखाबाट आँशु बगाउनुलाई त्यति राम्रो मानिदैन् । त्यस्तो व्यक्तिलाई हामी कमजोरी वा नामर्दपन ठान्छौं । अझ हाम्रो समाजमा त पुरुषलाई रुने छुट दिईएको छैन् । पुरुषलाई कहिल्यै पनि रुनु हुदैन् भनिन्छ । जबकि रुनु शरीरको एक स्वाभाविक र प्राकृतिक क्रिया हो । यो शारीरिक क्रियासँगै भावनासँग जोडिएको विषय पनि हो । जब हामी पीडा हुन्छौं वा दुःख–बोध गर्छौ, त्यो समय रुन्छौं । त्यस्तै कुनै अनपेक्षित सुख प्राप्त हुन्छ, त्यसमा पनि हामी रुन्छौं । सुखमा होस् वा दुःखमा हामी रुन्छौं । रुनु कमजोरी होइन । बरु स्वाभाविक मानवीय प्रवृत्ति हो । तर, आज हामी भन्छौं, रुन हुँदैन । रुनु भनेको कमजोरी देखाउनु हो । रुनु एक प्राकृतिक उपचार हो । विभिन्न अध्ययनले पनि यस्तै भन्छ ।

जब मन थाम्नै गाह्रो हुनेगरी हामीलाई पीडावोध हुन्छ, अनायसै मन रसाउँछ । र, आँखाबाट आँशु छचल्किन्छ । तर, यसरी रुनुलाई हामी नामर्दपनको संज्ञा दिन्छौं । कमजोरीको लक्षण भन्छौं । त्यही कारण चाहेर पनि रुनका लागि हामी छुट दिदैनौं । जबकि रुनु आफैंमा राम्रो हो । बेस्सरी रोइदिँदा मन हल्का हुन्छ । मन चंगा हुन्छ । सानोमा छँदा कति धेरै रोईन्थ्यो । जसले गर्दा निकै सहज महशुस गरिन्थ्यो । तर, जति–जति उमेर बढ्दै जान्छ हामी आफ्नो वेदनालाई भित्रभित्रै दबाउन थाल्छौं । रुन मन लागे पनि रुन असहज मान्छौं । पीडा, दुःख मनभित्र गाँठो पर्न थाल्छ । मनभित्रको यो बेचैनी हाम्रो अनुहारमा छचल्किन्छ । शरीरका अरु अवयवमा छचल्किन्छ । हामी कुण्ठित हुनपुग्छौं । आफैभित्र दबाईको पीडाले हामीलाई मानसिक रोगी बनाइदिन्छ । उदास र उराठ बनाइदिन्छ ।

हाँस्दा भन्दा रुनुको बढी फाईदाः
आफुलाई निकै खुशी महशुस गराउन हास्छौं । जो धेरै हास्छ त्यो मानिसलाई हामी निकै खुशी देख्छौं । हाँस्दा मात्र होइन, रुनु पनि फाइदाजक छ । मनको वेदनालाई दबाउनुहुँदैन । रुनुको सबैभन्दा राम्रो फाईदा भनेको तनाव भगाउनु हो । तपाई एकदमै तनावमा हुनुहुन्छ भने रोईदिनुहोस । जसले गर्दा तपाई आनन्द महशुस गर्नुहुनेछ । जापानमा अहिले तनाव भगाउनका लागि रुन प्रेरित गर्ने गरिन्छ ।

घतलाग्दो त के भने त्यहाँ कतिपय कम्पनी एवं विद्यालयले आफ्ना कर्मचारी र विद्यार्थीलाई हप्तामा एक दिन जमेर रुनका लागि प्रोत्साहित गरिन्छ । विश्वमा जापानीलाई एकदमै मेहनती मानिन्छ । त्यहाँका मानिसहरु कामबाट निकै कम मात्रामा फुर्सद लिन्छन् । धेरैजसो समयमा काममा नै बिताइरहेका हुन्छन् । यसरी कर्मशील हुनु आफैंमा राम्रो हो । त्यसले उनीहरुलाई मात्र होइन, राज्यलाई पनि समृद्ध बनाएको छ । तर, यसरी रातदिन काममा घोटिइरहँदा त्यसको साइट इफेक्ट पनि देखिन थालिएको छ ।

कामकै कारण उनीहरुमा तनाव बढेको पाइन्छ । यस्तो पृष्ठभूमिमा जापान सरकारले आफ्ना नागरिकलाई तनावमुक्त गराउन नागरिकहरुलाई तनाव भगाउन हाँस्न होइन, बरु रुन प्रेरित गरिरहेको छ । कतिसम्म भने रुनका लागि प्रोत्साहित गर्न त्यहाँ टियर्स टिचर्स तयार गर्न थालिएको छ ।

रुनुको फाइदामाथि शोध
जापानको एक हाइस्कुलका शिक्षक हिदेफुमी योशिदाले पाँच बर्षदेखि रुनुको फाइदामाथि शोध एवं प्रयोग गरेका छन् । उनको प्रयासको फलस्वरुप त्यहाँ उनलाई टीयर्स टिचर्सको रुपमा चिन्न थालिएको छ । योशिदालाई जापानी कम्पनी एवं विद्यालयमा उच्च माग हुन थालेको छ । उनले विद्यालय एवं कम्पनीमा पुगेर रुनुको फाइदा बताइरहेका छन् ।

योशिदाले रोएर तनाव भगाउने जुन प्रयोग गरेका छन्, त्यसमाथि तोहो विश्वविद्यालयका मेडिसिन फ्याकल्टी प्रमूख प्रोफेसर हिदेहो अरिटाले पनि सोध गरेका छन् । यी दुबैको प्रयोग र अध्ययनबाट सावित भएको छ कि, हास्नु र सुत्नुको तुलनामा रुँदा चाडै तनाव हट्छ । हप्तमा एक पटक रुँदा तनावमुक्त जीवन पाउन सकिन्छ ।

Logo