बच्चाको छुट्टी कसरी सदुपयोग  गर्ने ?

बच्चाको छुट्टी कसरी सदुपयोग  गर्ने ?

केन्द्रबिन्दु
0
Shares

  चाडपर्वमा बच्चाहरुको छुट्टी हुन्छ । बच्चाहरुका छुट्टीेको सदुपयोग कसरी गर्ने भन्ने बारेमा सोचिरहनु भएको छ ? अहिलेको समयमा जताततै इन्टरनेटको पहुँच पुगेकोले धेरैजसो बच्चाहरु इन्टरनेटमा मात्र झुम्मिन्छन् । यसले गर्दा बच्चाहरु शारिरीक गतिविधिमा सामेल हुन रुँचाउदैनन् । जसकारण बच्चा अरुसँग घुलमिल नहुने, एक्लै बस्न मन गर्ने, रिसाउने, झर्कने हुन्छ । चाडपर्वमा बच्चालाई किनमेलको साथै खानेकुरा बनाउन सिकाउनुहोस् । दशैँमा घरमा बिशेष परिकार धेरै बनाइन्छ यस्तोमा आफ्नो बच्चाहरुलाई पनि केहि सिकाउन सकिएमा धेरै फाइदा हुन्छ ।
बच्चालाई कुकिङ सिकाउनुको फाइदा
अहिलेको बदलिदो समयमा सबैकुराको ज्ञान हुनु खुबी हैन जरुरत बनिसकेको छ । आफ्नो बच्चालाई कसरी सबैकुरामा योग्य बनाउने भन्ने कुरा बुझ्नु आवश्यक छ । । यसको लागि अभिभावकहरुले सुरुवात आजैबाट गर्नुपर्छ । जब बच्चा स्कुल जाने उमेरको हुन्छ । तब देखि नै पढाइलेखाइ, स्पोर्टस्, ब्रेन एक्टिभिटि टे«निङ सगँै बच्चालाई कुकिङ पनि सिकाउनु पर्छ । यसबाट बच्चाले खाना बनाउन मात्र सिक्दैन् । अरु पनि धेरै फाइदा हुन्छ । जस्तैः
सहयोग गर्ने बानी बस्छ
यदि तपाई खाना बनाउँदै हुनुहुन्छ । र आफ्नो बच्चा आसपास नै छ भने स–सानो सहयोग माग्न सक्नुहुन्छ । जस्तो कि रेफ्रिजेटरबाट सब्जी निकाल्नु, भाँडाकुँडा निकाल्नु, मिलाउनु आदि । बच्चाहरुलाई नँया नँया कुराको बारेमा बढि जिज्ञासा हुन्छ । जब तपाई खानेकुरा बनाउँदै हुनुहुन्छ तपाईको बच्चाले यी सबै कुरा देखेर सहयोग गर्न सिक्छ । र खाना बनाउन पनि सिक्छ ।
सबैकुरा खान सिक्छ
धेरै जसो अभिभावकलाई चिन्ता हुन्छ कि बच्चाले सागसब्जी, फलफुल खादँैन । यस्तो हुनुका कारण बच्चाले प्रायजसो धेरै सब्जी पहिलो पटक या कहिलेकाही देखिरहेको हुन्छ । यदि तपाई दैनिक रुपमा खाना पकाउने बेला ति खानेकुराको बारेमा बताउने गर्नुभयो र बनाएको खानेकुरा चाख्ने बानी गराउनु भयो भने बिस्तारै खान सिक्छ ।
स्वस्थ्यकर खाना खान सिक्छ
खानेकुरा बनाउँदा बनाउँदै बच्चालाई कुनै पनि डिस बनाउँदा चाहिने सामग्रीको बारेमा जानकारी दिने र त्यसले हाम्रो शरिरमा के फाइदा गर्छ भन्ने कुरा सिकाउनुपर्छ । त्यसपछि विस्तारै बच्चाले आफै खानेकुरा फलफुल, तरकारी खान सिक्छ ।
एक अर्काको सम्बन्ध प्रगाढ बन्छ
बच्चासँग सम्बन्ध राम्रो बनाउनुहोस् । उसको बारेमा जान्नको लागि भान्साघर एक राम्रो ठाँउ हुन सक्छ । बच्चाको स्वाभाव चञ्चल हुन्छ । उनीहरुलाई आफ्नो कुरा सुनाउनु र उसको कुरा सुन्नु मुस्किल काम हो । उसलाई खाना बनाउँदा अगाडि राखेर अलगअलग खानेकुरा बनाएको सिकाउँदा उ तपाई प्रति आकर्षित हुन्छ । कुरैकुरामा उसलाई समय बितेको पत्तै हुँदैन । र तपाईहरुको सम्बन्ध मजबुत हुन्छ ।
सेल्फ डिपेन्ड बन्छ
करियर बनाउनको लागि आजभोलिको बच्चा घरबाट टाढा गएर पढ्नको लागि बस्ने गरेको पाइन्छ । यस्तो अवस्थामा आफ्नो अभिभावकबाट सिकेको खाना बनाउने तरिका उपयोगी बन्न सक्छ । आफुलाई मन परेको खानेकुरा आफै बनाएर खान सक्छन् । यसको लागि अरुमा निर्भर बन्न पर्दैन् । बच्चालाई उसको उमेर अनुसारको सजिलो खानेकुरा बनाउन सिकाउनु पर्छ । ताकि उसले पछि गएर स्वास्थ्य खाना खाने र खुसी जीवन बिताउन सकोस् ।

 

Logo