भ्यालेनटाइन डेको प्रेममय मौसममा वियोगको कुरा सुन्नुप-यो भने के होला ? भ्यालेनटाइनमा सबैको जीवन प्रेममय हुन्छ भन्ने छैन । "/>

भ्यालेनटाइनकै बेला यसरी भयो एउटा प्रेम बिवाहको अन्त्य

भ्यालेनटाइनकै बेला यसरी भयो एउटा प्रेम बिवाहको अन्त्य

केन्द्रबिन्दु
0
Shares

भ्यालेनटाइन डेको प्रेममय मौसममा वियोगको कुरा सुन्नुप-यो भने के होला ? भ्यालेनटाइनमा सबैको जीवन प्रेममय हुन्छ भन्ने छैन ।

त्यसैले यसको जवाफ सधै सकारात्मक हुन्छ भन्ने कुरै भएन । प्रेम दिवसकै दिन कतिपयले प्रेम वियोग भोगिरहेका हुनसक्छन् । यो त्यस्तै ट्रेजिटीको कथा हो । प्रसंग भारत, पंचाकूलास्थित कालकाको हो ।

कालकाको रेलवे कोलनीमा बस्ने एक युवतीले भ्यालेनटाइनको अघिल्लो दिन आफैलाई समाप्त गरिन् । उनी आफुमात्र समाप्त भइनन्, उनीसँगै उनको २७ महिने प्रेम–विवाहको पनि अन्त्य भयो । दुखलाग्दो कुरा त के पनि भने कौशिल्या तीन महिनाकी गर्भवती थिइन् ।

उनले आफ्नो पाखुरामा सुसाइट नोट लेखिनु । त्यसमा लेखिएको थियो, ‘मेरो एक गलत निर्णयले मलाई आज यहाँसम्म पु-यायो ।’ उनले आफुलाई दोष लगाएकी छिन् ।

उनका पति प्रमोद कुमार इलेक्ट्रिशियन थिए । उनीहरुको प्रेम विवाह भएको थियो । कौशिल्या एक निजी कम्पनीमा काम गर्थिन् । कौशिल्याका परिवारले भने कौशिल्या उनकी सासुबाट सताइएको आरोप लगाएका छन् । बिवाह गरेको केहि समयपछि नै उनलाई सासुले अत्याचार गरेको मृत्तककी आमाबुबाले आरोप लगाएका छन् ।

Logo