हुन त अहिले सबैजना तौल घटाउने ध्यान्नमा छन् । मोटोपनको शिकार भएकाहरुलाई सबैभन्दा ठूलो चिन्ता भनेकै कसरी तौल घटाउने भन्ने छ । तर, कतिपय अवस्थामा अचानक तौल घट्न सक्छ । अचानक तौल घट्नु भनेको राम्रो संकेत होइन ।
अचानक तौल घट्नुले विभिन्न रोगको संकेत गर्छ ।
क्यान्सर हुनसक्छ
ग्यास्ट्रिक र प्यांक्रियाज क्यान्सरका साथै फोक्सो, सिर, गर्दन र कालोरेक्टल क्यान्सरको कारण पनि अचानक तौल घट्न सक्छ ।
पेटको रोग पो छ कि ?
पेट वा आन्द्राको रोग छ भने पनि तौल अचानक घट्न सक्छ । आन्द्रले आवश्यक पोषक तत्वलाई आवशोषित गर्न नसक्ने स्थितीमा यस्तो समस्या हुन्छ ।
थाईराड त होइन ?
यदि कुनै व्यक्तिलाई हाइपोथाइराडिज्म छ भने उसको तौल तीव्ररुपमा कम हुन्छ र कहिलेकाहीँ यसको कारणले हृदयको गति बढ्ने, अधिक चिन्ता तथा इन्सोमेनिया जस्ता समस्याहरु पनि हुन सक्छन् ।
तनावको कारण पनि हुनसक्छ
तीव्ररुपमा तौल घट्नु, चक्कर आउनु, हल्का महसुस गर्नु र कयौं प्रकारका इन्फेक्सन एड्रिनलको कमी भएको लक्षण हुन् । शरीरले पर्याप्त मात्रामा कार्टिसोल उत्पन्न गर्न सकेन भने एड्रिनलको कमि हुन जान्छ ।





























प्रतिक्रिया