काठमाडौं ठमेल गल्फुपाखास्थित बद्री गौलीको घरको छतमा रहेको बगैँचा । घरमा प्रवेश गर्दा नै लाग्छ यो कुनै ठुलै कृषि विज्ञको घर हो । घरको छतमा हुर्किंदै गरेका यी फलफूलहरुले घरको वातावरण नै अनौठो बनाएको छ । तर बद्री गौली कुनै कृषि विज्ञ होईनन ।
अढाइ आनामा बनेको यो घरको छतको आधा भागमा भर्याङ र एक कोठाको भान्सा छ । बाँकी आधा भागमा गौलीले अनेक प्रकारका बोटविरुवा लगाएका छन् । त्यहाँ भएका बोटविरुवाले छत बहुआयामिक भएको अनुभूति गर्न सकिन्छ ।
छत नै सुन्दर बगैंचा भएको भान हुन्छ । छतभरि टनाटन फलफूल र अनेक प्रजातिका बोटविरुवा रहेका छन् । ती बोटविरुवा आफूले फरकफरक नर्सरीबाट ल्याएको गौली बताउँछन् । उनी भन्छन् ‘मैले यहाँ राखेको फलफूल तथा बोटविरुवा एउटै नर्सरीमा कही पाइदैन् ।’ हुन पनि गौलीको कौसीमा भएको फलफूल हेर्दा बोटविरुवाको केन्द्र जस्तै देखिन्छ । जहाँ मुस्ताङमा पाइने स्याउदेखि तराईमा पाइने सजिवनसम्म पाउन पाइन्छ ।
गौलीले भने जस्तै जस्तै उनको कौसी बगैँचामा आँप, टिम्मुर, जुनार, मुस्ताङमा पाइने स्याउ, कागती रहेका छन् । कुनै फूल खेल्दै गरेका कुनै फल लागेका सबै मौसममा पाइने फलफूल रहेका छन् उनका छतमा । उनको छतमा तीन प्रजातिका आँप छ । स्याउ फल्दै गरेको देख्न सकिन्छ । सानो बोटमा जुनार पनि फल्दै गरेको देख्न सकिन्छ ।
उनै गौलीले तरकारी खेत पनि गरेका छन् त्यही छतमा । प्लास्टिकका भाँडा लहरै राखिएको छ । तिनमा हुर्किदै गरेके लसुन, साग, पाकेको गोलभेडा, तरकारी खान मिल्ने सजिउन लगायतका तरकारी देख्दा लाग्छ यो उनको करेसा नै बारी हो । त्यही करेसा बारीमा फलाएका तरकारी बिहानबेलुका उनको भान्सामा पाक्छन् । उनी भन्छन् ‘म तरकारी कहिले किन्दिन आफैले उत्पादन गरेको तरकारीले खान पुगेको छ ।’
त्यसो त उनी फलफूल पनि कहिले किन्दैनन् रे । यो कुरा हो छतमा रहेका यी फलफूलको रौनकले पनि प्रष्टै बनाएको छ । उनले फलफूल किन्दैनन् भनेर । उनी भन्छन्, ‘आफूले लगाएको फलफूलले नै परिवारलाई खान पुगेको छ .’ ‘म आफू कहिले पनि फलफूल किनेर खाँन्न, बरु आफन्त र वरपरका साथीभाइलाई खान दिने गरेको छु ।’
यतिात्रै होईन् उनले छतमा नै कुखुरा पालन गरेका छन् । घरको सबैभन्दा माथि रहेको कुखुराको यी फर्मलाई हेर्दा लाग्छ उनी कुखुरा पालनमा पनि पोख्त छन् । सानासाना दुई वटा फर्ममा ३५ भन्दा बढी कुखुराहरु छन् । हेर्दै रहर लाग्दा भाले देख्दा मन नै रमाउँछ । कोही पोथीहरु फुल पार्दै कोही पोथीहरु फुल कोलल्दै त्यसमाथि सानासाना चल्ला पनि हुर्कैदै गरेको छ उनको छतको फर्ममा । उनी दिनभरि कुखुरालाई मिलाएर दाना पानी दिन्छन् । हेरचाह गर्छन् ।
आफूले पालेका यी कुखुराहरु बजारमा लगेर बेच्दैनन् । तर, आफन्त आएका बेलामा कुखुराको मासु खुवाएर पठाउन्छन् गरेका छन् गौलीले । आफन्तको घरमा कुखुराको मासु कोसेली पठाउँछन् । उनले अहिलेसम्म कुखुराको मासु किनेका छैनन् । खसीको मासु खानु परे मात्र किनेर खाने गर्छन् । अण्डा पनि आफैले पालेको कुखुराबाट खान पुगेको उनले बताए । फलफूल र तरकारीलाई मल आवश्यक परेकाले कुखुरा पालेको गौली बताउँछन् ।
गौलीले कौसीलाई नै करेसाबारी बनाएका छन् । यही नै बगैंचा र कुखुराको फर्म पनि । उनले अनेक भूगोलमा पाइने फलफूल कौसीमा फलाएका छन् । गर्मीको बेलामा उनी छतमा नै छाता हालेर बस्ने गरेको सुनाउँछन् । उनी भन्छन् ‘गर्मीको बेलामा छाता हालेर बस्दा रानी वनमा बसेको अनुभव गर्छु, फरक यति हो त्यहाँ चराको आवाज सुन्न सकिन्छ यहाँ सकिन्दैन’
उमेरले बुढौली छुन लागेका गौलीका यी कामहरु देख्दा लाग्छ, उनी सरकारी सेवाबाट रिटार्यड भएका कृषि विज्ञ हुन् । तर, सरकारी सेवाबाट रिटार्यड भएका उनी कृषि विज्ञ भने होइनन् । उनी सेनामा कार्यरत भूपुकर्मचारी हुन् । सेनाको राम्रै पोष्टमा पुगेका उनीले जीवनको आधा वसन्त त्यही रहेर बिताए ।
जीवनको आधा उमेर सेनाकै हरियो कपडा लगाएका गौलीलाई त्यही हरियो कपडाले प्रभाव पारेको बताउँछन् । हरियाली सधै आफ्नो प्यारो भएको हुनाले घरको छतलाई प्रयोग गरेर बाँकी जीवनलाई पनि हरियाली बनाउन लागेको उनी सुनाउँछन् ।
उनले पढेको विषय भने कृषि नै भएको बताए । ‘एक हजार पूर्णाङ्कमा नौ सय पूर्णाङ्क कृषि नै रहेको थियो,’ उनले सुनाए । आफूले पढेको विषय पनि कृषि नै भएको र रिटार्यड सेनाको छविलाई पनि अझ उच्च बनाउनको लागि उदाहरणिय काम गरेको उनी सुनाउँछन् ।
सेनाका कर्मचारीहरु यहाँ आउँदा बगैँचा र कुखुराको फर्म देखेर खुसी हुन्छन् । अझ हौसला बढाउँछन् । त्यसैले अझ राम्रो गर्न प्रेरण मिलेको गौलीले सुनाए । उनी थप्छन् ‘सेनामा कार्यरत भएको नाताले केही सहयोग गरिदिएमा सेनाको छविलाई सबै सामु अझ राम्रो बनाउने थिए ।’ यति भन्दै गर्दा उनले सर्तका बारेमा भने बताएनन् ।





























प्रतिक्रिया