बाली, ४ मंसिर । मृत्युमा शोक मनाइन्छ, खुसी होइन । तर, ठीक उल्टो हुन्छ कतिपय ठाउँमा । कसैको मृत्युमा आफन्तले खुसीयाली मनाउँछन् र उत्सव गर्छन् ।
प्रसंग इन्डोनेसियाको । त्यहाँ एक यस्ता समुदाय छन्, जो आफन्तको मृत्युमा खुसी मनाउँछन् । उनीहरु टोराजा जातिका हुन् । उनीहरु आफन्तलाई यति धेरै माया गर्छन् कि, उनीहरुको मृत्युपछि पनि त्यसलाई अलग गर्दैनन् । मरेको व्यक्तिलाई पनि जिउँदो व्यक्तिलाई जस्तै व्यवहार गर्छन् ।
त्यहाँ कसैको मृत्युमा खुसी मनाइन्छ । उनीहरुलाई खाना ख्वाइन्छ । लुगाले सजाइन्छ । पछिल्लो पटक लाससँग फोटो पनि खिचिन्छ ।
उनीहरुको मान्यता के छ भने, मानिस कहिल्यै मर्दैनन् । त्यसैले उनीहरु कसैको मृत्युमा पनि रमाउन सक्छन् । उनीहरु लासलाई रसायनको प्रयोग गरेर सुरक्षित राख्छन् । एजेन्सी





























प्रतिक्रिया