केन्द्रबिन्दु संवाददाता । काडमाडौं, कात्तिक १२
नेपालमा अवैध बिटक्वाइनको आधिकारिक एक्सचेन्ज गराउने बिटसेवा डटकमका २ सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ ।
सिआइबीले काठमाडौँ–२७ असनबाट २६ बर्षिय बिटसेवा डटकम प्रा.लि.का कार्यकारी निर्र्देशक पुरुषोत्तमधर तुलाधर र कास्की पोखरा महानगरपालिका–१५, रामबजारका ३२ बर्षिय बिटसेवा डटकम प्रा.लि.का अध्यक्ष राम ढकाललाई कात्तिक ७ तथा ८ गते पक्राउ गरेको हो ।
उनीहरु दुबै जनाले मिलेर बिटसेवा डटकम प्रा.लि. चलाइरहेको सिआइबीका प्रहरी उपरिक्षक (एसपी) जीवन कुमार श्रेष्ठले बताए ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोेकरेन्सी जस्तो डिजिटल मुद्रा विटक्वाइनलाई अवैैध घोषणा गरेदेखि प्रहरीले यस्ता विटक्वाइन कारोबारमा संलग्न करोबारीहरुको खोजी तीब्र पारेको हो ।
बिटसेवा डटकम प्रा.लिले विटक्वाइन तथा अन्य अल्टरनेटिभ क्वाइनहरु इथेरियम, लिटक्वाइन लगायत दर्जनौ क्रिप्टोेकरेन्सीको एक्सचेन्स सेवा प्रदान गरिरहेकोे थियो । बिटसेवा डटकम प्रा.लिले क्वाइनहरुको किनबेचमा १ प्रतिशत कमिशन लिने गरेको स्रोतले बताएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप हुनेगरी नेपाल राष्ट्र बैंकसँग कुनै इजाजत नै नलिई उनीहरुले यो सेवा सुरु गरेको सिआइबीका प्रहरी उपरिक्षक श्रेष्ठले बताए । उनले अनलाइनमार्फत यसको खरिद–बिक्री गर्ने गरेको बताए । उनीहरुमाथि राष्ट्र बैंक ऐन, २०५८ बमोजिम अनुसन्धान भैरहेको सिआइबीले जनाएको छ ।
सिआइबीले गत असोज २० गते अवैैध क्रिप्टोेकरेन्सी जस्तो विटक्वाईन कारोबारमा संलग्न रहेका ७ जनालाई पक्राउ गरेको थियो ।





























प्रतिक्रिया