एन्फाका पूर्वमहासचिव लोकबहादुर शाही धरौटीमा छुटे

एन्फाका पूर्वमहासचिव लोकबहादुर शाही धरौटीमा छुटे

केन्द्रबिन्दु
0
Shares

एसके बैश्य । काठमाडौं, १ कात्तिक ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व महासचिव लोकबहादुर शाही साढे तीन महिनापछि धरौटीमा छुटेका छन् । ३० लाख रुपैयाँ ठगी गरेको अरोपमा उनलाई प्रहरीले गत असार ८ गते पक्राउ गरेको थियो ।

अन्जना उपे्रती, पवित्रा श्रेष्ठसहित आठजना व्यक्तिलाई क्यानडामा आकर्षक तलब हुने गरी काम मिलाइदिन्छु भन्दै उनीहरुबाट उक्त रकम लिई काममा समेत नपठाएपछि उनीहरुले शाहीविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेका थिए ।

जिल्ला अदालत काडमाडौंले १५ लाख धरौटीको आदेश गत साउन २ मा गरेको थियो तर शाहीले धरौटी बापतको उक्त रकम सोही समयमा बुझाउन नसकेपछि पुनः उनी हिरासतमा बसेका थिए । उनी साढे ३ महिना केन्द्रीय कारागार सुनधारामा हिरासतमा बसेका थिए ।

साढे तीन महिनापछि उनले उक्त धरौटी बापतको उक्त रकम बुझाएपछि असोज २३ गते धरौटीमा छुटेका हुन् । यस विषयको थप कारवाही प्रक्रिया आगाडि बढिरहेको जिल्ला अदालतका सूचना अधिकारी मदन भट्टराईले बताए ।

 

Logo