महोत्सवमा निकै रुचाइएका ५ गजल (भिडियोसहित)

महोत्सवमा निकै रुचाइएका ५ गजल (भिडियोसहित)


  • जितेन्द्र रसिक

काठमाडौं ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा माघ १५ र १६ गते आयोजना गरिएको राष्ट्रिय गजल महोत्सवमा सातवटै प्रदेशका गजलकारहरुको सहभागितामा गजलको बर्षा भयो । महोत्सवको पहिलो दिन नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा विभिन्न सत्रमा भएका कार्यक्रम मध्ये दोस्रो सत्रमा प्रदेशबाट सहभागी भएका गजलकारहरुको गजल वाचन गर्न दिइएको थियो ।

गजल महोत्सवमा गहकिलो र सुन्दर गजलले ताली पाए भने गजलको संरचना र भावबाहिर गएर लेखिएका गजलले त गाली पनि खाए । गाली खानेमा प्रदेश नं २ की मिना देवकोटा थिइन् । तर अपवाद बाहेक अधिकांश गजल सुन्न लायक थिए भने कतिपय गजलले प्रेक्षालयमा गजलकारको प्रस्तुती हेर्न बसेका दर्शकलाई नै बुरुक बुरुक उफारे । हेरौं महोत्सवमा तरुन्नुम बाहिर रहेर वाचन गरिएका दर्शकले निकै रुचाएका ५ गजलकारका ५ गजल । भिडियोमा :

 

 

Logo