राजधानीमा आजदेखि राष्ट्रिय गजल महोत्सव सुरु

राजधानीमा आजदेखि राष्ट्रिय गजल महोत्सव सुरु


काठमाडौं ।

आजदेखि राजधानीमा राष्ट्रिय गजल महोत्सव सुरु भएको छ । महोत्सव भोलि सम्म रहनेछ ।

राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा नेपाल प्रज्ञाप्रतिष्ठानले राष्ट्रिय गजल महोत्सव आयोजना गरेको हो । नेपाल प्रज्ञाप्रतिष्ठानकै इतिहासमा पहिलो पटक आयोजना भइरहेको राष्ट्रिय गजल महोत्सवमा मुलुकभरका सातै प्रदेशका गजलकार गजल सम्वन्धी संस्थाहरुको सहभागिता रहेको लोकसाहित्य तथा बालसाहित्य विभागका प्रमुख तथा राष्ट्रिय गजल महोत्सव ०७६ का तयारी समिति सदस्य देवी नेपालले बताए ।

डा. देवी नेपाल, सदस्य राष्ट्रिय गजल महोत्सव २०७६ तयारी समिति पद्यरकाव्य विभागका प्रमुख हेमनाथ पौडेलको संयोजकत्वमा ५५ सदस्यीय आयोजक मूल समारोह समिति गठन गरिएको थियो । राष्ट्रिय गजल महोत्सव वाचनका निम्ति छनोट भएका गजलकारहरू सबै प्रदेशबाट सहभागी छन् ।

प्रदेश नं १ बाट विवश बलिभद्र कोइराला, इलाम (प्रादेशिक प्रतिवेदक) , लोकेन्द्र बन्जारा, झापा, सुरेश सुवेदी, सुनसरी, मधुराज केरुङ, पाँचथर, घनश्याम पथिक, झापा रहेका छन् ।

यस्तै प्रदेश नं २ बाट सञ्जय शाह मित्र, रौतहट (प्रादेशिक प्रतिवेदक) , शिव सन्देश, वीरगन्ज , विवश पौडेल, सर्लाही, मीना देवकोटा, सर्लाही , नीला घिमिरे, धनुषा–जनकपुर रहेका छन् ।

वाग्मती प्रदेशबाट अनिता न्यौपाने, मकवानपुर (प्रादेशिक प्रतिवेदक), विनोद अनुज, चितवन, वरुण लामिछाने, सिन्धुली, पुरु लम्साल, नुवाकोट, बगेकी गङ्गा, मकवानपुर रहेका छन् । गण्डकी प्रदेशबाट अनुराग अधिकारी, पोखरा (प्रादेशिक प्रतिवेदक) अञ्जान यात्री, तनहुँ , विनोद परिवर्तित, स्याङ्जा, प्रदीप रोदन, गोरखा, रहेका छन् ।

प्रदेश नं. ५ बाट कपिल अञ्जान, कोहलपुर (प्रादेशिक प्रतिवेदक) , समीर सायर, कपिलवस्तु, अञ्जु स्मारिका, बर्दिया, छविलाल कोपिला, दाङ , नारायण जिज्ञासु, रोल्पा रहेका छन् भने कर्णाली प्रदेश सीता यरी, सुर्खेत (प्रादेशिक प्रतिवेदक), खगेन्द्र अधिकारी ‘अमृत’, सुर्खेत, महेन्द्र चन्द महासागर, दैलेख, पूर्णसमीर महतरा, जाजरकोट, पुष्प आचार्य, कालीकोट रहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट जनक रसिक, कैलाली (प्रादेशिक प्रतिवेदक), कविराज भट्ट, कञ्चनपुर, तपेन्द्र घोरासैनी, अछाम, तारा पल्लवी, धनगढी र पार्वती भट्ट, बैतडी रहेका छन् ।

Logo