जनमत वाङ्मय प्रतिष्ठानले वाङ्मयसेवीहरूलाई सम्मान गर्ने

जनमत वाङ्मय प्रतिष्ठानले वाङ्मयसेवीहरूलाई सम्मान गर्ने


बनेपा । जनमत वाङ्मय प्रतिष्ठान नेपालले वाङ्मयसेवीहरूलाई सम्मान गर्ने भएकाे छ । शनिबार काभ्रेको बनेपामा प्रतिष्ठानका अध्यक्ष मोहन दुवालकाे अध्यक्षतामा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

जनमत वाङ्मय प्रतिष्ठान नेपालको ३६औं वार्षिकोत्सवकाे अवसर पारेर सम्मान कार्यक्रम २०७६ चैत २९ गते गर्ने निर्णय भएको छ । सम्मान कार्यक्रममा रविकिरण निर्जीवलाई दीपा जनमत सम्मान, राजा शाक्यलाई गणेश खिलकुमारी दुवाल जनमत सम्मान,  शेषराज सिवाकोटीलाई हृदय चन्द्र जनमत वरिष्ठ साधक सम्मान, टंक उप्रेतीलाई जनमत जनक सेवा सम्मान तथा भागीरथी श्रेष्ठलाई केवल जनमत सम्मान प्रदान गरिने भएको छ । यसै गरी रिता ताम्राकारलाई जनमत कमला सम्मान, ठाकुरप्रसाद मैनालीलाई जनमत महेन्द्रलाल कलाकार सम्मान, सोमकाजी शाक्यलाई जनमत राजभाइ सहयात्री सम्मान, लक्ष्मी भट्टराईलाई भारती साहित्यिक पत्रकार सम्मान, यशु श्रेष्ठलाई जनमत केदार सुदर्शना बालसाहित्य सम्मान, मुकुन्दप्रसाद उपाध्यायलाई जनमत सिची धर्म संस्कृति सम्मान
र रामबहादुर पहाडीलाई जनमत मित्र अनुवाद सम्मान दिइने भएकाे छ ।

 

Logo