राम लामाको ‘पिल्सिएको परदेशी मन’ लोकार्पण

राम लामाको ‘पिल्सिएको परदेशी मन’ लोकार्पण

केन्द्रबिन्दु
0
Shares

वाशिङ्ग्टन डिसि । अमेरिकाको वासिङ्ग्टन डिसिमा ‘पिल्सिएको परदेशी मन’ कविता संग्रह लोकार्पण गरिएको छ । आफ्नो करिब आधा उमेर संसारका विभिन्न देशमा व्यावसायिक रूपमा बिताएका राम लामा अविनाशीले आफ्नो यात्राका क्रममा देखेका सुनेका र भोगेका घटनालाई अक्षरश: उतारेर तयार पारेका हुन् यो पुस्तक । अमेरिकाका लागि नेपाली महामहीम राजदूत अर्जुन कार्कीको उपस्थिति  रहेको एक भव्य समारोहबीच पुस्तक सार्वजनिक भएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ले आयोजना गरेको अनेसास सर्वोत्कृस्ट पुस्तक तथा विशिष्ट प्रतिभा पुरस्कार र कवि गोष्ठी समारोहको अवसरमा उक्त पुस्तकको लोकार्पण गरिएको हो । त्रिभुवन विश्वविध्यालयका प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले भूमिका लेखेको उक्त पुस्तकलाई युवा साहित्यकार महेश पौडेलले अंग्रेजी भाषामा अनुवाद गरेका हुन् ।

नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएको उक्त पुस्तकमा २६ वटा कविता संकलित छन् । अनेसास बोर्ड अफ ट्रष्टिज अध्यक्ष गीता खत्रीको सभापतित्व र महामहिम नेपाली राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा अनेसास संस्थापक अध्यक्ष होमनाथ सुवेदी, साहित्यकार लालगोपाल सुवेदी, पदम विश्वकर्मा, लीला लुइटेल, भीम रेग्मी, वसन्त श्रेष्ठ, तीर्थ अधिकारी, हरि  अधिकारी, सीता पण्डे, कुन्त शर्मा, गोबर्धन पूजा, महेश्वर पन्त दीप राई पुन, रमेश दियाली तथा पत्रकार गुणराज लुइटेल लगायतको उपस्थिति  थियो ।

Logo