लेखक शिवप्रसाद जैशी खतिवडाकाे ‘सम्पदा’ लाेकार्पण

लेखक शिवप्रसाद जैशी खतिवडाकाे ‘सम्पदा’ लाेकार्पण


काठमाडाैं ।
लेखक शिवप्रसाद जैशी खतिवडाकाे ‘सम्पदा’ लाेकार्पण गरिएकाे छ । शनिबार नेपाल पर्यटन बोर्डको होटल म्यानेजमेन्ट कलेज (NATHM) रवि भवनमा प्राध्यापक राजेन्द्र सुवेदीको सभापतित्वमा, संस्कृति, पर्यटन तथा नागरिक मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा अतिथिहरू नाथम कलेजका प्राचार्य रामकैलाश बिच्छा, सम्पदा कृतिका लेखक शिवप्रसाद जैशी खतिवडा तथा साहित्यकार विनयकुमार शर्मा नेपालबाट संयुक्त विमोचन गरिएको हो ।

कोभिड १९ लाई विशेष ध्यान दिएर दूरी कायम गरेर गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि मन्त्री योगेश भट्टराईको मन्तव्य, सभापति प्राध्यापक राजेन्द्र सुवेदीको मन्तव्यका साथ पुस्तकका बारेमा समालोचक रमेश शुभेच्छुले प्रकाश पारेका थिए ।

स्वागत नाथम कलेजका प्राचार्य रामकैलाश बिच्छाले गरेका थिए भने शुभकामना साहित्यकार नरनाथ लुइटेलले दिएका थिए ।

साहित्यकार यादव भट्टराईबाट सञ्चालित उक्त कार्यक्रममा पुस्तकको रचना गर्भका बारेमा लेखक शिवप्रसाद जैशी खतिवडाले प्रकाश पारेका थिए । समदूरी कायम गरी दुई सय मेचमा साठी जना साहित्यकार तथा पत्रकारहरूको उपस्थिति थियो।

Logo