१४ माघ २०७८ शुक्रबार

मदन पुरस्कार 'योगमाया' लाई

नीलम कार्की (निहारिका)को उपन्यास ‘योगमाया’का लागि मदन पुरस्कार प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको आज बसेको बैठकले २०७४ सालको मदन पुरस्कार ‘योगमाया’ पुस्तकलाई दिने निर्णय गरेको हो ।

यस्तै जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई दिइने भएको छ।मानन्धर लामो समयदेखि बाल साहित्यमा सक्रिय छन् । २५३ पुस्तक मध्येबाट किरण, नाथिया, पाठशाला, भुइयाम, यार, योगमाया,लिम्बुनी गाउँ र हिमाली दर्शन गरि ८ पुस्तक छनौटमा परेको थियो ।

मदन पुरस्कार २०१२ सालमा स्थापाना गरिएको हो भने जगदम्बा श्री पुरस्कार २०४५ मा स्थापना गरिएको हो ।

प्रकाशित: ११ भदौ २०७५ १७:२५ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी