राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्षका भएका छन् । विक्रम संवत् १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सयौं जन्मोत्सवको अवसरमा आईतबार लैनचौंरस्थित निवासमै पुगेर आफन्त, छिमेकी र शुभेच्छुकहरुले सुश्वास्थ्य र दीघार्यूको कामना गरेका छन ।
उनले पनि सय वर्ष पुगेको अवसरमा घरमै पूजापाठ गरेका छन् । यसै अवसरमा आगामी असोज १३ गते राष्ट्रकवि घिमिरेको रथयात्रा पनि हुँदैछ ।
गीत, कविता र महाकाव्यको रचनाबाट नेपाल राष्ट्र र नेपाली जनताको मनमनमा बस्न सफल राष्ट्रकवि घिमिरेलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार भनेर चिन्ने गरिन्छ ।
बाल्यकालदेखि नै निरन्तर रुपमा नेपाली साहित्यको कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध जस्ता अनेकौं विधामा निरन्तर कमल चलाउँदै आएका बहुप्रतिभाशाली व्यक्तित्व हुन् ।































प्रतिक्रिया