काठमाडौं

राष्ट्रकवि माधवप्रसाद घिमिरे आज देखि एक सय वर्ष टेक्दै छन् । वि. सं. १९७६ को आजकै दिन उनको जन्म भएको हो । "/>

राष्ट्रकवि घिमिरे आज देखि एक सय वर्षमा प्रवेश

राष्ट्रकवि घिमिरे आज देखि एक सय वर्षमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रकवि माधवप्रसाद घिमिरे आज देखि एक सय वर्ष टेक्दै छन् । वि. सं. १९७६ को आजकै दिन उनको जन्म भएको हो । नेपाली साहित्यको कविता , महाकाव्य र खण्डकाव्य क्षेत्रमा उल्लेख्य योगदान दिएका उनका धेरै राष्ट्रिय गितहरु पनि चर्चित छन् । सयौं जन्मोत्सवको उपलक्ष्यमा शनिबार लैनचौरस्थित उनको निवासमा पत्रकारसँग बोल्दै घिमिरेले लक्ष्य र स्वास्थ्यलाई कहिल्यै बिर्सनु नहुने बताएका छन् ।

जीवनमा दुई कुरालाई महत्व दिनुपर्ने बताउँदै उनले लक्ष्य र स्वास्थ्यलाई जोड दिएका हुन् । ‘मान्छेले जीवनमा म यस्तो बन्छु भनेर रोज्नुपर्छ । दुःख पाए पनि सुख पाए पनि मर्नु परे पनि लक्ष्य नछोड्नू’, उनले भने, ‘ कविहरुका कविता सुनेपछि जीवनमा म कवि बन्छु भन्ने लाग्यो । हरेक कुरा छोडेर म कविता लेख्न थालें । कविताका निम्ति समर्पित भएँ । मैले लक्ष्य निर्धारण गरे र समर्पित भएँ ।’

लक्ष्यसँगै स्वास्थ्यलाई पनि ख्याल गर्नु पर्ने घिमिरेको भनाइ छ । ‘मैले अघि नै दुई कुरा भनेको छु । एउटा लक्ष्य र अर्को स्वास्थ्य । जथाभावी गरेर स्वास्थ्य खत्तम बनाउनु हुँदैन । लक्ष्य प्राप्तिका निम्ति स्वास्थ्य राम्रो बनाउनु पर्छ’, स्वास्थ्य राम्रो बनाउने उपाय सिकाउँदै उनले भने, ‘राम्रो चिन्तन गर्ने । राम्रो सोच्ने गर्नुपर्छ । लक्ष्य निर्धारण गरेर स्वास्थ्य राम्रो बनाए जीवन आफैं अगाडि बढ्छ ।’

अन्नपूर्णबाट

Logo