साहित्यमा यो साता : कस्तो शासन चलाउँछौ ? उत्कृष्ट

साहित्यमा यो साता : कस्तो शासन चलाउँछौ ? उत्कृष्ट

केन्द्रबिन्दु
81
Shares

केन्द्रविन्दुको (साहित्य साता) शुक्रबार केन्द्रविन्दु साहित्यमा आएका एक सय एक गजलमध्ये युवा कवी,गजलकार तथा पत्रकार निर्मल पौडेल (एन.पि.घायल) को गजलले उत्कृष्ट स्थान पाएको छ ।


गजल
कहाँ पुग्यो देशको सान कस्तो शासन चलाउछौ?
माग्दै खान रिन अनुदान कस्तो शासन चलाउछौ??

न्यायलय प्रशासन यी सरकारी निकायहरु।
शनिबारे हाटको दोकान कस्तो शासन चलाउछौ??

भ्रष्टाचार छ जताततै बन्द फाइल जता पनि।
लाजको थोरै हुन्न भान कस्तो शासन चलाउछौ??

बाध्यताले वृद्ध वृद्धा आश्रममा भौतारिन्छन।
लखेटेर यूवा मुग्लान कस्तो शासन चलाउँछौ??

बुझ्न सक्ने भाछन् जनता भेडा भयौ नेता बरु।
बोलेर टुक्का उखान कस्तो शासन चलाउछौ ??
निर्मल पौडेल (एन.पि.घायल) पर्वत ।

Logo