नबिल किताब जात्रा ०७७ आयोजना हुँदै

नबिल किताब जात्रा ०७७ आयोजना हुँदै


काठमाडौँ ।

किताब जात्रा फाउन्डेसनले माघ १७ गते देखि एक साता लामो ‘नबिल किताब जात्रा, ०७७’ आयोजना गर्ने भएको छ । आइतबार भएको पत्रकार सम्मेलनमा कोभिड–१९ को जोखिमका कारण यस वर्षको किताब जात्रा विभिन्न सञ्चार माध्यम र ‘किताब यात्रा’ एपबाट प्रशारण गर्न लागिएको ‘नबिल किताब जात्रा–०७७’का निर्देशक ऋषिराम अधिकारीले बताए ।

कार्यक्रममा भाषा, साहित्य, सिनेमा, समाज, उद्यम लगायतका क्षेत्रका व्यक्तित्वहरु समावेश भएका सात वटा सेसनहरु रहनेछन् । नबिल किताब जात्राको अवसरमा नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई ‘प्रेम साहित्य सम्मान’ प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै अनलाइन बुकसेलिङ् प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्रा प्रालिले आफ्नो प्लाटफर्ममार्फत सर्वाधिक विक्री भएको पुस्तकलाई ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’ दिने घोषणा समेत गरेको छ । गतवर्ष यो अवार्ड आख्यानकार अमर न्यौपानेद्वारा लिखित ‘गुलाबी उमेर’ले प्राप्त गरेको थियो ।

 

Logo