उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

 नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन् । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने छ ।  

Logo