काठमाडौंको मेयरमा तीन जना कलाकारको दाबी

काठमाडौंको मेयरमा तीन जना कलाकारको दाबी

केन्द्रबिन्दु
0
Shares

मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा तीन जना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दाबी पेस गर्ने भएका छन् । 

आइतबार देखी सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह र पूर्व मिस नेवा तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दाबी प्रस्तुत गर्न लागेका हुन ।

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  काठमाडौंको मेयरका लागि पुराना कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्‍यापार शाहले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

मोडेल तथा मिस नेवा डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौंको भावी मेयरका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएकी छिन ।

वरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने भए पनि र्‍यापर शाह र मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारी दिँदै छन् । 

Logo