हुम्लामा गठबन्धनले यसरी गर्‍याे भागवण्डा

हुम्लामा गठबन्धनले यसरी गर्‍याे भागवण्डा

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनले आसन्‍न स्थानीय तहकाे निर्वाचनका लागि हुम्लाका पालिकामा सिट भागवण्डा गरेकाे छ ।

सहमतिअनुसार माओवादी केन्द्रले चार गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेसले तीन गाउँपालिका अध्यक्षकाे  उम्मेदवार पाउने भएकाे छ । नेकपा एकीकृत समाजवादीले भने तीन गाउँपालिकामा उपाध्यक्षकाे भाग पाएकाे छ ।

ताजाकोट,चंखेली,सिमकोट र नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएकाे छ । अदानुचली, खार्पुनाथ र सर्केगाड कांग्रेसले अध्यक्षकाे भाग पाएकाे छ । ताजाकोट,चंखेली र खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा भने समाजवादीले उपाध्यक्ष लिने भएको छ ।

अदानचुली गाउँपालिकामा कांग्रेसका मोहनविक्रम सिंह अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रबाट हरिदल पुन तथा चंखेली गाउँपालिकामा माओवादी केन्द्रका गोविन्दबहादुर शाही अध्यक्ष र उपाध्यक्षमा समाजवादीका प्रेमकला शाही उम्मेदवार बन्‍ने देखिएकाे छ।

खार्पुनाथ गाउँपालिकामा कांग्रेसका कर्ण रावल अध्यक्ष र समाजवादीबाट शतिसिहं ऐडी उपाध्यक्षकाे चुनाव लड्ने भएका छन् । सिमकोट गाउँपालिकामा विजय भणडारीलाई उम्मेदवार बनाउन खाेजिए पनि माओवादी कार्यकताको विरोध गरेका छन् । कांग्रेसले उपाध्यक्ष टुंगाएको छैन ।

Logo