बाराका विभिन्न मतदान केन्द्रमा झडप, मतदान रोकियो

बाराका विभिन्न मतदान केन्द्रमा झडप, मतदान रोकियो

केन्द्रबिन्दु
0
Shares

बाराका विभिन्न मतदान केन्द्रमा झडप भएको छ ।

झडपपछि मतदान प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ । देवताल गाउँपालिका-७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको बारा प्रहरीले जनाएको छ ।

झडपका क्रममा १ जनाको टाउको फुटेको बारा प्रहरी प्रमुख एसपी दिलीपसिंह देउवाले जानकारी दिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको एसपी देउवाले बताए । त्यस्तै सिम्रौनगढ नगरपालिका-२ बैरियामा पनि झडप भएको छ । दुई पक्षबीच झडप भएपछि अहिले मतदान प्रक्रिया रोकिएको एसपी देउवाले बताए । 

'विभिन्न ठाउँमा झडपका घटना भइरहेका छन् । हामी त्यहाँ जादैछौं । कति ठाउँमा भयो भन्ने अहिलेसम्म यकिन भएको छैन्,' एसपी देउवाले भने । सीमावर्ती क्षेत्रमा रहेका यी मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अति सम्वेदनशिल केन्द्र हुन् । 

Logo