रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल र माओवादी केन्द्रका थापा निर्वाचित

रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल र माओवादी केन्द्रका थापा निर्वाचित

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको कंचन गाँउपालिको मतदानको अन्तिम परिणाम आएको छ ।

कञ्चन गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज ढकाल निर्वाचित भएका छन् । ढकाल ९ हजार ८५ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनानाथ आचार्यले ७ हजार ८ सय ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

 त्यस्तै (उपप्रमुख) उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका मौसमी थापा विजयी भएकी छन् । थापा मगर ९ हजार १ सय ९४ मत ल्याइ विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ओमकली रहाडीले ७ हजार ६ सय ९९ मत प्राप्त गरेकी छिन् । कंचन गाउपालिकामा २८ हजार ९ सय ७८ मतदाता रहेकोमा २० हजार २ सय ४२ जनाले मताधिकार प्रयोग  गरेका थिए ।

Logo